Logo बैशाख ३, २०७८ शुक्रबार


मन्त्रीले लगाए सचिवको कार्यकक्षमा ताला

पुष्पराज अधिकारी
हेटौंडा ।
तीन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा मन्त्री र सचिवबीच टकराव देखिएको छ । सामाजिक विकास मन्त्री युवराज दुलालले सचिव लोकनाथ पौड्यालको कार्यकक्षमा ताला लगाउनु भएको छ ।

सचिवले सबै फाँटका काम पेन्डीङ राखेर फाइलको चाङ लगाएको आरोप लगाउँदै मन्त्रीले मंगलबार साँझ सचिव पौड्यालको कार्यकक्षमा तालाबन्दी गरेको बताउनुभयो । फागुनको तेस्रो साता सरुवा भइ मन्त्रालय हाजिर भएका सचिवले महाशाखा, र मन्त्रालयका महत्वपूर्ण निर्णय गर्नुपर्ने कामप्रति बेवास्ता गरेको मन्त्री दुलालको आरोप छ । सचिवले मातहतका कर्मचारीलाई हप्कीदप्की गरी अमर्यादित व्यवहार गरेपछि बाध्य भएर कार्यकक्षमा तालाबन्दी गरेको मन्त्री दुलालले दाबी गर्नुभयो ।


सचिव पौड्यालकाे कार्यकक्ष

मन्त्री दुलाल र सचिव पौड्याल दुबै बुधबार काठमाडौं गएका छन् । मन्त्रालयका अन्य कर्मचारीहरुले भने यस विषयमा बोल्न चाहेनन् । सचिव पौड्यालसँग बुझ्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…