Nic

४ दिन सार्वजनिक बिदा थपियो

काठमाडौं । प्रदेश–१ सरकारले चार दिन थप सार्वजनिक बिदा दिने भएको छ । प्रदेश पात्रो स्वीकृत गर्दै प्रदेश सरकारले केन्द्र सरकारले दिएका बाहेक थप ४ दिन विदा दिने निर्णय गरेको हो ।

बुधवार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले २०७६ सालमा जनै पूणिर्मा, उधौली पर्व, मुस्लिमहरुको पर्व इदुल फितर र छठ पूर्वमा सार्बजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेस गरेको प्रदेश पात्रो स्वीकृत गर्दै बृहत्तर विराट विकास क्षेत्र सम्बन्धकमा व्यवस्था गर्न बनेको विधेयक २०७५ संसदमा पेस गर्न स्वीकृति पनि प्रदान गरेको छ । नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

बैठकले प्रदेश सरकारको राजपत्र प्रकाशन गर्ने निर्णय पनि गरेको छ । प्रदेश राजपत्रमा प्रदेश सरकार तथा स्थानीय तहरुको निर्णयहरु प्रकाशन गर्नेछ । राजपत्र प्रकाशनको काम तत्काल सुरु गर्ने मन्त्री कार्कीले जानकारी दिए । राजपत्र प्रकाशनका लागि सरकारले छुट्टै प्रेस स्थापना गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूको हवाई भाडामा अनियमिता भएको जनाउँदै १० जनाविरुद्ध मुद्दा…

काठमाडौं । ‘लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिको लागि खुलाइएको विज्ञापन संविधानसम्मत भएको जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले…

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने स्पष्ट पारेको छ…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

पक्राउ गर्न खोज्दा थापाले प्रतिकार गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।

प्रतिनिधिसभाका सांसदहरु सुवाषचन्द्र नेम्वाङ, लक्ष्मणलाल कर्ण लगायतले काठमाडौंमा विशेष अदालत र प्रदेशमा इजलास राख्ने गरी राष्ट्रियसभाबाट पारित गरिएको विधेयकप्रति असहमति…