Logo बैशाख ५, २०७८ आइतबार


राष्ट्रिय वाणिज्य बैंकले दियो हावाहुरी पीडितलाई ७५ लाख

काठमाडौं । बारा र पर्साका विभिन्न स्थानमा हावाहुरीबाट भएको ठूलो जनधनको क्षति राष्ट्रिय वाणिज्य बैंकले दुःख व्यक्त गरेको छ । प्राकृतिक विपदमा दिवंगत व्यक्तिका परिवारहरुलाई राहत पु¥याउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकले सहयोग रकम जम्मा गरेकाे छ ।

बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बैंक संचालक समितिका अध्यक्ष एवं सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द्नमान गुरुङले प्रधानमन्त्री केपी ओलीलाई पचहत्तर लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा कानुन मन्त्री भानुभक्त ढकाल, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, राष्ट्रिय वाणिज्य बैंकका संचालक समितिका सदस्य एवं अर्थ मन्त्रालयका सह सचिव निर्मलहरी अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत टेकराज जोशी, विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी लगायतको उपस्थीति रहेको थियो ।

बैंकको ७७ वटै जिल्लामा २ सय १८ वटा शाखा कार्यालय, १ सय ६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।