Logo बैशाख ३, २०७८ शुक्रबार


गुल्मी जिप दुर्घटना : मृतकको संख्या तीन पुग्यो (अपडेट)

हुमाकान्त पोखरेल

गुल्मी । मुसिकोट नगरपालिका–१ मा जिप दुर्घटना हुँदा मृतकको संख्या तीन पुगेको छ । मालिका गाँउपालिका २ का २६ वर्षीया कौशिला थापाको मृत्यु भएसँगै मृतकको सङ्ख्या तीन पुगेको हो । पूर्वसांसदसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मालिका गाँउपालिकाको दर्लिङबाट बुटबलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जिप बिहान ९ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी पूर्वसासंदसमेत रहेका धुर्कोट गाँउपालिका ५ वस्तु निवासी रूद्रमणि भण्डारी र मालिका गाँउपालिका १ का ओसर विकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र खड्काले जानकारी दिनुभयो।

जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ । जिपमा कुल १० जना सवार रहेको र अन्य सबै घाइते भएको खड्काले जानकारी दिनुभयो । दुर्घटनाका घाइतेहरुको वामीमा सामान्य उपचारपछि पाल्पा रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…