Logo बैशाख २, २०७८ बिहीबार


गुणस्तरीय उत्पादनमा ध्यान दिन सुझाव

नारायण थापा
भक्तपुर ।
कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले गुणस्तरीय उत्पादनमा राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ । कृषि क्षेत्रको उत्पादनमा राज्यले प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिँदै नेपालको उत्पादन प्रणाली परम्परागत, निर्वाहमुखी र काम चलाउ भएको उल्लेख गर्नुभयो ।

कृषि क्षेत्रमा देश कमजोर भएकोले अब राज्यले उत्पादित वस्तुहरुको गुणस्तरमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । खरिपाटी डेरी प्रालिले आयोजना गरेको मोबाइल रेफ्रिजेरेटेड भ्यानको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खनालले निर्यातमुखी वस्तुहरुको उत्पादनमा वृद्धि गर्दै नेपालबाट उत्पादित अर्गानिक कफीको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भएको बताउनुभयो ।

अहिले नेपालबाट ६ अर्बको गुणस्तरीय अलैँची विभिन्न देशहरुमा निर्यात हुने बताउँदै नेपालबाट उत्पादन हुने अलैँचीको राम्रो ग्रेड भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।