Nic

वीर अस्पतालमा बिरामीलाई सास्ती

काठमाडौं । चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि वीर अस्पतालका विरामीहरुको नियमित चेकअफ गर्न पाउने अधिकारसमेत हनन् भएको छ ।

बिहीबार अस्पताल परिसरमा पुगेका विभिन्न रोगले च्यापेका वृद्धवृद्धाले समेत आफ्नो रोगको नियमित चेकजाँच गराउन नपाएका हुन । बुधबारबाट वीर अस्पताल परिसरमा पाल भित्र संचालन गरिएको अस्थायी प्रकृतिको चेकजाँच गर्न पनि नपाएपछि वृद्धवृद्धा मारमा परेका हुन् । उनीहरुले बृद्धवृद्धाहरुको समेत चेकजाँच गर्ने अवस्था नभएको भन्दै चिकित्सकहरुप्रति आक्रोश व्यक्त गरेका छन् ।

त्यसैगरी थाईराईडको चेकजाँच गराउन आएकाहरुले पनि पालमा चेकजाँचका लागि घण्टौं कुर्नु परेको गुनासो गरेका छन् । भोलीभोली भन्दाभन्दै अस्पतालका चिकित्सकहरुले चेकजाँच नै अवरुद्ध पारेपछि विरामीहरुको बिचल्ली भएको छ ।

यता, कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै ओपीडी सेवा बहिष्कार गरेका चिकित्सकहरुले भने अस्थायी पालको व्यवस्था गरेर भएपनि अत्यावश्यकीय सेवा विरामीहरुलाई दिने काम भईरहेको दावी गरेका थिए । अस्पतालकी आवासीय चिकित्सक सोनी श्रेष्ठले आफूहरुलाई कर्मचारी समायोजनको नाममा सरकारले पीडा दिएकाले त्यसको विरोधमा अस्पतालका ओपीडी सेवा अवरुद्ध पारेर आन्दोलन गर्नु परेको पनि बताउनु भयो ।

सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशका दुरदराजबाट उपचारका लागि वीर अस्पताल आएका विरामीहरुले एक साता यता झनै सास्ती व्यहोर्नु परिरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वीघाटको पानी यहाँ आउने र त्यसले नुहाएमा अनेकौ चर्मरोग निको हुन्छ भन्ने किंवदन्ती छ ।बाइधारा क्षेत्रमा शीतलामाई र गुहृयेश्वरीको पूजा…

‘२०६२, ०६३ को जनआन्दोलनमा धर्मनिरपेक्षता राजनीतिक दलको एजेण्डा थिएन । ‘जनआन्दोलन सकिएको तीन साता नबित्दै धर्मनिरपेक्षता बनाइयो । यो अत्यन्तै…

मन्त्रिपरिषदको सोमबार बसेको बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । कर्मचारी समायोजनदेखि समृद्धिको पथमा मुलुकलाई लैजाने सवालका महत्वपूर्ण निर्णय भएका छन्…

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ ।…

भारतको ठूलो राज्य उत्तर प्रदेशमा ८ सिट, बिहारमा ५, असम ५, छत्तिसगढ ३, जम्बु कश्मिर २, कर्नाटक १४, महाराष्ट्र १०,…

अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ ।