Logo बैशाख ६, २०७८ सोमबार


जहिले लुटिन्छ ‘विशु’ खर्च

खेम बम
काठमाडौं ।
वर्षभरीको मेहनत र घरपरिवारको माया संगालेर दैनिक साहुको चपेटामा रातदिन काम गरिरहेका परदेशी फर्किने बेला हो यो । नयाँ वर्ष नजिकिएसँगै भारतमा काम गरिरहेका परदेशी नेपालीहरु स्वदेश फर्किने क्रम बढ्दो छ पश्चिम नेपालका नाकाहरुमा । केही समय कमाएर परिवारसँगै नयाँ वर्ष मनाउन बैशाख अगावै परदेशी घर फर्किन्छन् । कतिपय चैते दशैँअघि स्वदेश भित्रिसकेका छन् । सानोतिनो काम गरेर थुपारेको केही रकमले घरखर्च चलाउन र बालबालिकालाई नयाँ लुगा किन्न ठिक्क हुन्छ । धेरै ठूलो आशा समेत मनमा हुँदैन उनीहरुको ।

गहुँबाली छरेर भारत छिरेका युवा, वयस्कहरुको यतिबेला स्वदेश फर्किने समय पनि हो । मानो छरेर मुरी भित्र्याउने समयमा घरका बुढा बुवाआमा र श्रीमतीलाई सघाउन समेत उनीहरुलाई नयाँ वर्षको आगमनसँगै स्वदेश फर्किन्छन् । ढेडु, बाँदर र अन्य जंगली जनावरबाट बचाएको केही भाग अन्न भित्र्याउछन् उनीहरु । नयाँ वर्षको रौनक गाउँघरतिर आइसकेको छ । गाउँमा नयाँ अनुहार देखिन थालेका छन् । करिब ६ महिना बाटो हेर्दै गरेका आँखामा खुसी छाएको छ । तर, बिडम्बना यसैबेला सीमा नाकामा चुस्त सुरक्षा संयन्त्र नहुँदा धेरै नेपाली लुटिन बाध्य भएका छन् ।

सीमामा नेपालीलाई समस्याः
अक्सर नेपाली यतिबेला सीमामा लुटिएका खबर आउन थालेका छन् । हिजैमात्र भारत उत्तराखण्ड अल्मोडाबाट मजदुरी गरेर नयाँं वर्ष मनाउन घर फर्किन लागेका मुगुको सोह्रकोट गाउँपालिका–२ फोतुका ५० वर्षीय लालबहादुर शाही, १९ वर्षीय राजेश शाही र १८ वर्षीय नवीन बुढा लुटिएको खबर सार्वजनिक भएको छ । हल्द्वानीबाट उनीहरूसंँगै आएका २ जना दैलेख घर बताउने नेपालीहरूले नै नशालु पदार्थ मिलाइएको चिसो पेय खुवाएर लुटेका थिए । यी प्रतिनिधि घटनामात्रै हुन् । पश्चिम नेपालका जिल्लामा यस्ता घटना धेरै मात्रामा घटिरहेका हुन्छन् ।

भारतीय सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले पनि नेपालीलाई सास्ती दिने गरेका खबर प्रायः नयाँ होईनन् । उनीहरुले नेपालीलाई विभिन्न बाहानामा लुटिरहेका हुन्छन् । डर, धम्की र अन्य बहाना बनाएर भारतीय सीमामा खटिएका प्रहरीले सानो–सानो रकम समेत लुट्ने गरेको पीडित नेपालीको भनाइ छ । समस्या देखाएर रकम मागिन्छ दिन आलटाल गरे सामान जफत गरिन्छ र त्रास देखाइन्छ ।

समस्या समाधानका लागि गरिएको प्रयास निरर्थकः
दुवै देशका सीमा सुरक्षा फौजले गरेका वार्ताले समेत अवैध असुलीलाई कम पार्न सकेको छैन । वार्ताका माध्यमबाट सीमामा कसैलाई सास्ती नदिने सम्झौता भएतापनि व्यवहारमा लागू हुन सकेको छैन । अचम्म त यो छ की नेपालकै सीमामा समेत नेपाली ठगिएका घटना बाहिरिरहन्छन् । अहिले मुलुक संघीयतामा प्रवेश गरेको छ । नियम कानुन बन्दैछन् कति बनिसकेका छन् । तर, समस्या जस्ताको त्यस्तै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।