ग्लोबल आइएमई बैंकको बर्दिवास शाखा सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रदेश नम्बर २को महोत्तरीस्थित बर्दिवास नगरपालिका– १ मा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यस बर्दिवास शाखा कार्यालय थप भएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १ सय ३६पुगेको छ ।
महोत्तरी जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ सेवा प्रदान गर्नेछ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत् आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले १ सय ३६ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १ सय ४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १ सय २६ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत् आफ्ना १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।