Nic

शब्दको गाजल लगाइदिएँ

कविता

–अर्जुन थपलिया

देखिने सुन्दरता, सुनिने बनाउन
शब्दको गाजल लगाइदिएँ
कसैले झन्कार थप्यो
कसैले कोकिल कण्ठ
श्रुतिमधुर समिश्रणको आभा
शब्द, संगीत र स्वरको ऐनामा
प्रतिविम्बित तिम्रो आँखा
नयन चुम्बकले तानिएकाहरु
भन्छन् गजल गजल

सापेक्षतामा तुलिन्छ संसार
तिमी अतुलनीय र निरपेक्ष
समतुल्य केही छैन
समकक्ष कोही छैन
बदनमा वर्षाको सुभाष
सम्झनाको बाछिटाले
निथ्रुक्क रुझाउन पर्याप्त
तिमी प्रकृतिको विरासत
म सौन्दर्यको उपासक
उपसना मेरोे अभिभारा
तिमी चलायमान रारा
बग्यो गजलको धारा

रारालाई फन्को मारेर लस्करै
दीप जलाए सन्ध्या प्रहर
बल्ल रारा तिम्रो समकक्ष
नत्र फगत जलाशय धरोहर
रारा अचल तिमी मधुश्री चल
सौन्दर्यपानको प्याला गजल

उद्गममा नअडिने सुगन्धको प्रकृति
आमन्त्रण हो कि तिम्रो निश्चल वृत्ति
नासापुटले सुगन्ध महसुस ग¥यो
तर सुगन्धको भाषा अगम्य दुर्बोध्य
असमञ्जस अधीर यो अबोध
बोधका लागि कि गरौँ सोध

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित…