Logo बैशाख २, २०७८ बिहीबार


तलब भत्तामा १५ करोड, सडक निर्माणमा ९ करोड

काठमाडौं । आर्थिक वर्ष २०७४/०७५ मा ललितपुर महानगरपालिकाले सडक निर्माणमा भन्दा पदाधिकारी र कर्मचारीको सेवासुविधामा बढी बजेट खर्च गरेको छ । महानगरले पदाधिकारी र कर्मचारीको तलबभत्तामा मात्र १५ करोड रुपैयाँ खर्चेको छ । तलब शीर्षकमा आठ करोड ८५ लाख र बैठकभत्ता शीर्षकमा ६ करोड २४ लाख ४७ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ ।

महालेखाले शुक्रबार राष्ट्रिपतिलाई बुझाउने लेखापरीक्षण प्रतिवेदनमा महानगरले पदाधिकारी र कर्मचारीको सेवासुविधामा अस्वाभाविक खर्च गरिरहेको बताएको छ । महानगरले शिक्षा विकास शीर्षकमा आठ लाख १८ हजार रुपैयाँ र सहरी स्वास्थ्य शीर्षकमा ६९ हजार नौ सय रुपैयाँ खर्च गर्दा प्रचारप्रचारमा पौने दुई करोड रुपैयाँ खर्चेको छ ।

महानगरपालिकाले पदाधिकारी तथा कर्मचारीले गरेको आन्तरिक तथा विदेश भ्रमणको अभिलेख नै राखेको छैन । समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…