Nic

जब धाेनीले संयमता गुमाए…

संयोग नेपाल
काठमाडौं ।
राजस्थान रोयल्सलाई पराजित गर्दै महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपरकिंग्स बाह्रौं संस्करणको इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अंकतालिको शीर्ष स्थानमा अडिग रहेको छ । बिहिबार राती राजस्थानमा सम्पन्न खेलमा चेन्नाईले घरेलु टीमलाई ४ विकेटले पराजित गर्यो ।

राजस्थानले दिएको १ सय ५२ रनको सामान्य लक्ष्य भेट्टाउन चेन्नाइले अन्तिम बलसम्मै कुनुपर्यो । चेन्नाईले ६ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो । उसका लागि महेन्द्रसिंह धोनी र अम्बाती राइडुले क्रमश ५८ र ५७ रन बनाउनुबाहेक अन्य खेलाडी खासै चल्न सकेनन् । बलिङतर्फ राजस्थानका बेन स्टोक्सले दुई, जोफ्रा आर्चर, जयदेव उनादकट र धवल कुलकर्णीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ओभरमा ७ विकेट गमाएर १ सय ५१ रन बनायो । उसका लागि अजिन्क्या रहाने १४, जोस बट्लर २३, सञ्जु सामसन ६, स्टिभ स्मिथ १५, राहुल त्रिपाठी १०, बेन स्टक २८, रियान पराङ १६ रनमा आउट हुँदा जोफ्रा आर्चर १३ र श्रेयस गोपालले १९ रन नटआउट खेले । बलिङतर्फ चेन्नाइका दीपक चहर, शार्दुल ठाकुर र रवीन्द्र जडेजाले समान दुई–दुई विकेट लिए भने अर्को एक विकेट मिचल स्टनरले लिए ।

त्यो अन्तिम ओभर
अन्तिम ओभर बलिङ गर्न राजस्थानका फास्ट बलर बेन स्टक आए । स्ट्राइकमा थिए रवीन्द्र जडेजा । चेन्नाईलाई अन्तिम ओभरमा १८ रन चाहिएको थियो । पहिलो बलमा रवीन्द्र जडेजाले छक्का प्रहार गरे । छक्का प्रहार गर्दा आफैँ कन्ट्रोल हुन नसकेर रवीन्द्र लडे पनि । उता स्टोकले पनि आफ्नो सन्तुलन गुमाउन पुगे र उनी पनि लडे ।

ओभरको दोश्रो बल स्टकले नो बल गरे त्यसमा उनीहरुले दुई रन बनाए । फ्रि हिटका लागि धोनी स्ट्राइकमा थिए तर उनले दुई रन मात्र बनाउन सके ।

ओभरको तेश्रो बलका लागि धोनी स्ट्राइकमा थिए तर स्टकले योर्कर प्रहार गरेर धोनीको विकेट लिए । त्यसपछि भने खेलको माहोल नै बदलियो । फ्यानहरुले पनि चेन्नाइले जित सम्भव नभएको अनुमान लगाउन थालिसकेका थिए । त्यतिबेला चेन्नाईलाई ३ बलमा १० रन चाहिएको थियो तर स्ट्राइकमा थिए बलर मिचल स्टनर ।

खेलको चौथो बलमा स्टकले धेरै माथिबाट बलिङ गरेका थिए । स्टम्प पछि बसेका अम्पाएरले हात उठाएर नो बल दिइसकेता पनि स्वाएर लेग अम्पाएरले नो बल छैन भने । त्यसपछि त्यहाँको माहोल एकछिन गर्मायो । महेन्द्रसिंह धोनी आफैँ मैदान पुगे । उनले अम्पाएरहरुसँग बादविवाद गरे । तर अम्पाएरले त्यसलाई नोबल दिएनन् ।

त्यो बलमा स्टनर र रवीन्द्रले कुदेरै भएपनि दुई रन लिए । त्यसैगरी पाँचौ बलमा पनि २ स्टनरले दौडेरै २ रन लिए ।

अब चेन्नाईलाई जितको लागि १ बलमा ४ रन चाहिएको थियो । स्ट्राकइकमा थिए स्टनर । बेन स्टकले बलिङ गर्दा स्टम्पभन्दा धेरै बाहिरबाट गरेपछि अम्पाएरले वाइड दिए । त्यसपछि भने खेलको माहोल झनै रोमाञ्चक बन्यो ।

अब १ बलमा तीन रन चाहिएको थियो, दुई रन लिएमा खेल सुपर ओभरमा जान्थ्यो । तर त्यसो हुन स्टनरले दिएनन् र अन्तिम बलमा उनले छक्का प्रहार गरेर खेल आफ्नो पक्षमा पारे ।

आईपीएलको आचारसंहित उल्लघंन गरेको भन्दै धोनीलाई म्याच फिसको ५० प्रतिशत जरिवाना लगाइएको छ । उनले जरिवाना तिर्नुपरे पनि उनको टीमले भने जित हाँसिल गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

‘२०६२, ०६३ को जनआन्दोलनमा धर्मनिरपेक्षता राजनीतिक दलको एजेण्डा थिएन । ‘जनआन्दोलन सकिएको तीन साता नबित्दै धर्मनिरपेक्षता बनाइयो । यो अत्यन्तै…

मन्त्रिपरिषदको सोमबार बसेको बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । कर्मचारी समायोजनदेखि समृद्धिको पथमा मुलुकलाई लैजाने सवालका महत्वपूर्ण निर्णय भएका छन्…

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ ।…

भारतको ठूलो राज्य उत्तर प्रदेशमा ८ सिट, बिहारमा ५, असम ५, छत्तिसगढ ३, जम्बु कश्मिर २, कर्नाटक १४, महाराष्ट्र १०,…

अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…