Logo बैशाख ५, २०७८ आइतबार


हलमा ‘यात्रा’ र ‘ए मेरो हजुर ३’, कुन हेर्ने ?

काठमाडौं । सदाको शुक्रबार झैँ यो साता पनि दुई नयाँ चलचित्रहरु प्रदर्शन भएका छन् । यो साता झरना थापाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर ३’ र सम्राट शाक्यको कथा, पटकथा तथा निर्देशन रहेको चलचित्र ‘यात्रा’ पनि प्रदर्शन हुँदैछ ।

‘ए मेरो हजुर ३’ प्रेमकथामा आधारित चलचित्र हो । चलचित्रमा नवनायिका सुहाना थापाको र सुपरस्टार अनमोल केसीको मुख्य भूमिका छ । सुनिल थापाको निर्माणमा बनेको चलचित्रमा अनमोल केसीको दोहोरो भूमिका छ । एउटा भूमिकामा उनी सोझो केटो हुन्छन् भने अर्कोमा सुपरस्टार गायक प्रेमको भूमिकामा देखिएका छन् ।

यस्तै ‘यात्रा’ पनि प्रेमकथामा आधारित एक म्युजिकल चलचित्र हो । चलचित्रमा पनि यात्राको कथा प्रस्तुत गरिएको निर्माता सुशिल पोखरेलले बताए । चलचित्रमा सलिनमान बनियाँ, सलोन बस्नेत, रियर राई, पेक्षा बज्राचार्य, जाह्न्वी बस्नेत लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।