Logo बैशाख ५, २०७८ आइतबार


वर्षको अन्तिम शुक्रबार कहाँ के हुँदैछ ?

काठमाडौं । २०७५ सालको अन्तिम शुक्रबार विभिन्न कार्यक्रम हुँदैछ । वर्षको अन्तिम शुक्रबार केही राजनीतिक दलकाे घनिभूत छलफल देखि अन्य कार्यक्रम हुँदैछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकता प्रक्रियालाई अन्तिम रुप दिने तयारीमा जुटेको छ ।
बिहीबार साँझदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु चन्द्रागिरीमा छन् । छफलफमा प्रधानमन्त्री एंवम अध्यक्ष केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ हुनुहुन्छ । छलफलले आजै उपत्यका बिशेष कमिटी घोषणाको तयारी गरेकाे बताइएको छ ।

नयाँ वर्षको अन्तिम ‘गुड फाइडे’ दुई चलचित्र प्रदर्शन हुँदैछ । झरना थापाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर ३’ र सम्राट शाक्यको कथा, पटकथा तथा निर्देशन रहेको चलचित्र ‘यात्रा’ पनि प्रदर्शन हुँदैछ ।

आर्थिक रुपमा टाट उल्टनेतर्फ उन्मुख भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान आज देखि बन्द गर्ने भएको छ । स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई जेट एयरवेजले विमानस्थलको सेवा प्रयोग गरेबापत १८ करोड रुपैयाँ तिर्नुपर्ने बक्यौता छ ।

यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका छ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।