Nic

८ जनाको सामुहिक बलात्कारमा परेकी युवती, जब होस खुल्यो

काठमाडौं । भारतमा बलात्कार र हिंसाका घटना अधिक मात्रामा भइरहेका हुन्छन् । केही घटना गोप्यमै लुकेर जान्छन् त केही घटना सहन गर्न नसकेर बाहिरिन्छन् । दिनहुँ भइरहने घटनालाई त्यहाँको सरकारले नियन्त्रणको प्रयास गरेतापनि त्यो क्रम अझै बढ्दो छ । बिहिबार पुनः यस्तै घटना बाहिरिएको छ । २७ वर्षीया एक युवती गुजरातबाट अजमेर दरगाहको दर्शन गर्न आएकी थिईन् तर उनको जीवनमा ठूलो बज्रपात पर्यो ।

अकल्पनीय घटनाले सिंगो जीवन बर्बाद भयो । दरगाह जानका निम्ति युवतीले अटोलाई फोन गरेर बोलाइन् र ८ जनाको सामुहिक बलात्कारमा परिन् । यो घटना राजस्थानको अजमेर शहरको हो । प्रहरीका अनुसार पीडित युवती बिहिबार निजी बसमा गुजरातको बनासकांठाबाट अजमेर आएकी थिईन् ।

अजमेरबाट एक अटो लिइन् र रेलवे स्टेशनस्थित एक होटेलमा बसिन् । युवतीले अटोलाई भनिन् साँझ मैले दरगाह जानुपर्नेछ र अटोवालाले आफ्नो नम्बर दिए । साँझको साढे ७ बजे ती युवतीले अटोवालाई फोन गरिन् र दरगाह जाने भनिन् अटोवालाले अर्को अटो पठाए । जुन अटो त्यहाँ आयो त्यसमा दुई युवा पहिले नै बसेका थिए ।

अटो चालकले ती युवतीलाई दरगाह लैजाने भन्दै एकान्त कोठामा लगे । त्यहाँ पहिला नै ५–६ जना युवा बसेका थिए । ती सबै युवाले मिलेर उनीमाथि सामुहिक बलात्कार गरे । त्यसपछि युवती बेहोस भईन् । चालकले उनलाई अस्पताल नजिक छोडेर भागेका थिए । उनीसँग भएको सुनको चेन र ब्याग समेत चोरेर ती युवाहरु फ्रहार भएका थिए । जब युवतीलाई अस्पतालमा होस आयो र उनले सबै बताइन् अहिले पहरीले ३ जनालाई पक्राउ गरेको छ । अन्यको खोजी जारी राखेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूको हवाई भाडामा अनियमिता भएको जनाउँदै १० जनाविरुद्ध मुद्दा…

काठमाडौं । ‘लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिको लागि खुलाइएको विज्ञापन संविधानसम्मत भएको जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले…

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने स्पष्ट पारेको छ…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

पक्राउ गर्न खोज्दा थापाले प्रतिकार गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।

प्रतिनिधिसभाका सांसदहरु सुवाषचन्द्र नेम्वाङ, लक्ष्मणलाल कर्ण लगायतले काठमाडौंमा विशेष अदालत र प्रदेशमा इजलास राख्ने गरी राष्ट्रियसभाबाट पारित गरिएको विधेयकप्रति असहमति…