Nic

‘यानीमाया’ जोगाउँदै वृद्धा

बागलुङ । ‘गड्याङगुडुङ् गर्दै आयो यानीमाया रामरसी खोला, जुग फिर्दै आयो यानीमाया कस्तो हुने होला ।’ मनी श्रीस, ८४ वर्षको हुनुभयो । बुढ्यौलीमा पनि श्रीसको गीत मोह ज्यूँका त्यूँ छ । तन्नेरीमाझैँ सुरिलो गला, अनुहारको हाउभाउ पनि उस्तै जीवन्त ।

काठेखोला गाउँपालिका–३ धम्जा, ओखलेकी श्रीसको यानीमायासँग पुरानो साइनो छ । ‘यानीमाया’ धवलागिरी क्षेत्रको मौलिक भाका हो । विगत सम्झदैँ श्रीस भन्नुहुन्छ, ‘मेलापात र वनपाखा जाँदा यानीमाया गाउँथ्यौँ, गीतबाट दुखःसुख, पीर, बेदना साट्थ्यौँ ।’ घरमाथिको वनपाखा देखाउँदै श्रीसले आफू ११ वर्षको हुँदा देखिनै घाँस, दाउरा गर्दा यानीमाया गाएको सुनाउनुभयो ।

श्रीस तन्नेरी छँदा गाउँमा यानीमाया गाउने धेरै थिए । पुरुष र महिलाबीच समूहमा घण्टौँसम्म गीत गाउने, रोधी बस्ने चलन थियो । तर, अहिले समय फेरिएको छ । मौलिक लोकगीत हराउँदै जान थालेका छन् । श्रीसझैँ सीमित पुरानो पुस्तामा मात्र परम्परागत गीत, भाखा र गाउने शिल्प बाँकी छ । वाइस वर्षको उमेरमा बिहे गरेर छिमेकी गाउँ तङ्ग्रामबाट धम्जा, ओखलेलाई कर्मथलो बनाउन आउनुभएकी श्रीसले साथी, संगिनीहरुबाट गीत गाउन सिक्नुभएको थियो ।

‘हुद्दा, अर्मपर्ममा पनि गीत गाउने चलन हुन्थ्यो’ श्रीसले भन्नुभयो, ‘ अहिले त नयाँ जमाना आयो, सबैले गाउन छोडे ।’ यानीमायाको चर्चा चल्दा गाउँका सबैले श्रीसलाई सम्झन्छन् । मेला, पर्वमा पनि श्रीसले गीत गाउने गर्नुहुन्छ । यानीमायालाई मौलिक स्वरुपमै गाउनेमा श्रीस गाउँमै एक्ली हुनुहुन्छ । उहाँका दामली कति बितेर गए कतिले गीतलाई निरन्तरता दिन सकेनन् । चढ्दो बुढ्यौलीमा पनि श्रीसको गीतप्रतिको झुकाव अरुलाई पनि प्रेरणादायी बनेको छ ।

छिमेकी गोपाल श्रीसले भन्नुभयो ‘बुढ्यौलीले मजैले छोएपनि श्रीसको गीत गाउने तलतल र स्वरको सुरिलोपनामा कुनै कमि आएको छैन ।’ ‘गाउँमा सबैले यानीमाया गाउने भनेर चिन्छन्, पाको उमेरमा पनि उहाँमा उस्तै जोश र उत्साह छ ।’ उहाँले भन्नुभयो, ‘यानीमाया मात्र नभएर सालैजो, नानीलै, ठाडो भाखा लगायतमा पनि श्रीसको धेरथोर ज्ञान छ । उमेरका कारण उहाँले कतिपय गीतका भाखा र शब्द बिर्सिसक्नुभएको छ ।’

राग र तालको भावमा डुबेर केटाकेटी पक्षबीच यानीमाया गाउने गरिन्छ । केटा पक्षले गाएको गीतको आधा टुक्कामा भाव र अन्त्यानुप्रास मिलाएर केटी पक्षले फकार्उने गर्छन् । गीतमा मानवीय संवेदनादेखि सामाजिक विषयवस्तु पनि उठान गर्ने गरिन्छ । विशेषगरी आपसी प्रेम र सद्भाव यानीमायाको केन्द्रीय भाव पक्ष हो । यानीमाया ढिलो तालमा राग अलापेर गाइने गीत हो । तत्कालीन समाज, जीवनशैली र दिनचर्याको झल्को दिने मौलिक भाका ‘यानीमाया’को उत्थान र प्रर्वद्धन गर्न सम्बन्धित निकाय गम्भिर र जिम्मेवार बन्नु जरुरी छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वीघाटको पानी यहाँ आउने र त्यसले नुहाएमा अनेकौ चर्मरोग निको हुन्छ भन्ने किंवदन्ती छ ।बाइधारा क्षेत्रमा शीतलामाई र गुहृयेश्वरीको पूजा…

‘२०६२, ०६३ को जनआन्दोलनमा धर्मनिरपेक्षता राजनीतिक दलको एजेण्डा थिएन । ‘जनआन्दोलन सकिएको तीन साता नबित्दै धर्मनिरपेक्षता बनाइयो । यो अत्यन्तै…

मन्त्रिपरिषदको सोमबार बसेको बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । कर्मचारी समायोजनदेखि समृद्धिको पथमा मुलुकलाई लैजाने सवालका महत्वपूर्ण निर्णय भएका छन्…

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ ।…

भारतको ठूलो राज्य उत्तर प्रदेशमा ८ सिट, बिहारमा ५, असम ५, छत्तिसगढ ३, जम्बु कश्मिर २, कर्नाटक १४, महाराष्ट्र १०,…

अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ ।