Nic

‘नेपाल सुन्दर छ’ प्रदर्शन शुरु(फोटो फिचर)

काठमाडौं । ‘नेपाल सुन्दर छ’ भन्ने नारासहित दोस्रो फोटो प्रर्दशनी शुरु भएको छ । ‘द कन्ट्री निड अस’ले आयोजना गरेको फोटो प्रर्दशनीको शुक्रबार एक समाहरोहकाबीच परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले उद्घाटन गर्नुभएको छ ।

नेपालको सुन्दर प्रकृति, कला संस्कृति, वाइल्ड लाइफ साथै पोट्रेट १०१ तस्बिरहरु प्रदर्शनमा राखिएका छन् । प्रर्दशनीको शुभारम्भ गर्दै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पर्यटन र देशको सम्बन्ध अत्यन्त महत्वपूर्ण र यसको विकासको लागि सबै क्षेत्रबाट सहकार्य आवश्यक रहेको बताउनुभयो ।

तस्बिर मार्फत नेपालको विविध सुन्दरतालाई विश्व माझ प्रचारप्रसार गरी नेपालको पर्यटन क्षेत्रलाई बिस्तार गरी सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको योजनामा सहयोग गर्ने कार्यक्रमको उद्देश्य रहेको बताउँदै, पर्यटकको नेपाल भ्रमण रोमाञ्चक र सुरक्षित रहेको सन्देश प्रवाह गर्ने ‘द कन्ट्री निड अस’का अध्यक्ष अजय रानाभाटले बताउनुभयो । कार्यक्रममा स्वदेशी तथा विदेशी अतिथिहरुको बाक्लो उपस्थीति रहेको थियो ।

प्रर्दशनी नेपाल आर्ट काउन्सिल बबरमहलमा चैत्र २९ गते देखि बैशाख २ गते सम्म सञ्चालन हुनेछ । ‘द कन्ट्री निड अस’ले यसअघि २०७२ सालको भुकम्पपछि नेपाल सबै तहसनहस भएको विश्वमा गलत सन्देश फैलिरहँदा ‘नेपाल सुरक्षित छ’ भन्ने नारासहित पहिलो फोटो प्रर्दशनी गरको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

‘२०६२, ०६३ को जनआन्दोलनमा धर्मनिरपेक्षता राजनीतिक दलको एजेण्डा थिएन । ‘जनआन्दोलन सकिएको तीन साता नबित्दै धर्मनिरपेक्षता बनाइयो । यो अत्यन्तै…

मन्त्रिपरिषदको सोमबार बसेको बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । कर्मचारी समायोजनदेखि समृद्धिको पथमा मुलुकलाई लैजाने सवालका महत्वपूर्ण निर्णय भएका छन्…

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ ।…

भारतको ठूलो राज्य उत्तर प्रदेशमा ८ सिट, बिहारमा ५, असम ५, छत्तिसगढ ३, जम्बु कश्मिर २, कर्नाटक १४, महाराष्ट्र १०,…

अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…