Logo मंसिर १४, २०७७ आइतबार


मध्यरातमा तीन सवारी ठोक्किँदा तीनको मृत्यु, ७ घाइते

धरान । कोशी राजमार्गको ईटहरी–धरान सडक खण्डको चारकोशे जंगलमा तीन सवारी एक आपसमा ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् ।

शनिबार राति १ बजे धरानबाट ईटहरी तर्फ जादै गरेको बा २० च ४०७६ नम्बरको कार र मे १ त ६६९२ नम्बरको टयाक्टर एकापसमा ठक्कर खइ अनियन्त्रित हुँदा ईटहरी बाट धरान आउँदै गरेको को १ ख ४७६१ नम्बरको बसमा ठक्कर खाएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा कारमा सवार ईटहरी ४ का अनिल श्रेष्ठ, सोही ठाउँ बस्ने मदन लिम्बु र महालक्ष्मी ४ धनकुटाका जनक बुढाथोकी रहेका छन् ।

यस्तै कारका चालक सुन्दरहरैचा मोरङका गोविन्द बस्नेत गम्भीर घाइते भएका छन् भने अन्य ७ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । घाइतेहरुको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहको छ । फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'