कथा : पीडा उस्तै पत्रकारका

हातमा एउटा कलम डायरी र सानो रेकर्डर बोकेर आजपनि हतारमा आइपुगे उनी । मेरो नजिकैको कुर्सी तानेर बसे । कार्यक्रम लगभग–लगभग सकिनै लागेको थियो । अनि मलाई सोधे के–के भने बहिनी प्रमुख अतिथिले ? मैले आफूले टिपेको विषय उनलाई हेर्न दिए अनि थोरै मुस्कान दिदैँ उनले अरू कार्यक्रममा जस्तै मलाई धन्यवाद दिए । सधैं ढिला आउने उनी एकदिन त कार्यक्रम सकिएपछि आइपुगे ।

म आश्चयमा परे कहिलेकाँही त ढिला हुनु स्वभाविक हो तर सधैं सबै कार्यक्रममा किन ढिला हुन्छन् यिनी । अनि उनलाई रोकेर केही जिज्ञासा छ मेरो भन्दै सोधे, दाइ तपाईं सधैं किन ढिला आउनुहुन्छ ? अनि हतारमै फर्किनुहुन्छ । खासै कोहीसँग कुरा गरेको पनि देखिदैँन सधैं हतारमा देखिनुहुन्छ नि ? केहीबेर मौन रहेर फिस्स हासे अनि ठट्यौली शैलीमा भने दक्ष पत्रकारको गुण हो नि बैनी, पत्रकारिता भनेकै हतारको साहित्य भनेर पढेका छाैं नि त्यसैले ।,


म पनि बडो उत्साहका साथ पत्रकारिता शुरू गरेको मान्छे हुँ । म गर्वका साथ पत्रकारको कार्ड देखाउदैँ हिड्थेँ, खुब सम्मान गर्थे मेरो पेशाको । सधैँ परिस्थिति एकनास रहेन, तपाईंलाई थाहै होला पत्रकारको न आफ्नो समय हुन्छ, न श्रमअनुरूपको पारिश्रमिक आउँछ, न त बिदा नै सहज

मैले पत्याइन अनि अल्लि सिरियस हुँदै भने दाइ हरेक विषयमा मजाक राम्रो होइन वास्तविकता भन्नुन हाम्रो पेशा एउटै हुनाले तपाईंको अनुभवबाट मैले पनि केही सिक्ने अवसर पाउँछु नि । उनी फेरिपनि अरूअरू ठट्यौली विषय निकाल्न खोज्दै थिए तरपनि मैले उनलाई धेरै कर गरे । जबसम्म उनले आफ्नो वास्तविकता भनेनन् । उनी अब चै साच्चै सिरियस देखिए । हातको कलम, कापी र रेकर्डर टेबुलमा राखे अनि भन्न थाले । बहिनी पत्रकारिता शुरू गरेको १२ वर्ष भयो, १२ वर्षको अवधिमा त खोला पनि फर्किन्छ भन्छन् तर मेरो जीवनमा पत्रकारिताले एकाध मानिस चिनाउने बाहेक केही गर्न सकेन ।

केही पत्रकार बाहेक सबैको हालत उस्तै हो । उनले त्यसो भनिरहँदा म झस्किएँ बढो उत्साहका साथ पत्रकारिता शुरू गरेको म भोलिका पुस्तालाई त्यही भन्ने बाटोमा त पुग्ने होइन ? तरपनि उनको कुरामा ध्यान दिदैँ प्रश्न गरे, के भयो त दाइ तपाईंको त ठूलाठूला व्यक्तिसँगपनि चिनजान छ काम पर्दा सहयोग दिन्छन् होला नि? बहिनी चिन्नलाई त मलाई प्रधानमन्त्रीले पनि चिन्नुहुन्छ तर, उहाँले चिनेको भन्दैमा मलाई पसलेले खाद्यान्न कहिले सित्तैमा दिदैँन, मेरा छोराछोरीको स्कुलले पैसा तिर्नुपर्दैन भन्दैन, मलाई कुनैपनि अस्पतालले बिना पैसा भर्ना लिदैँन, मलाई आपतविपतमा सहयोग माग्दा पनि मानिस दिनका लागि तयार हुदैँनन् बरु तर्कीतर्की भाग्छन् । त्यसैले यहाँको त के विश्वकै ठूलो व्यक्तिलाई चिनेपनि म समस्यामा पर्दा सहयोग गरेन भने चिन्नु र नचिन्नुमा के फरक भयो र ? पत्रकार भनेर कार्ड झुन्डाएर हिड्नुमा के औचित्य रहन्छ र? जतिसुकै ठूला मानिस चिनेपनि काम पर्दा कोही काम लाग्दैँनन् । थप झस्किएँ म । उनी साच्चै सुनाउने मुडमा देखिए उनका कथा । बहिनी तपाईंले धेरै जिज्ञासा राख्नुभयो मेरो वास्तविकता भन्छु , नजिकै रहेको बोतलकाे पानी पिए ।

बहिनी म पनि बडो उत्साहका साथ पत्रकारिता शुरू गरेको मान्छे हुँ । म गर्वका साथ पत्रकारको कार्ड देखाउदैँ हिड्थेँ, खुब सम्मान गर्थे मेरो पेशाको । सधैँ परिस्थिति एकनास रहेन, तपाईंलाई थाहै होला पत्रकारको न आफ्नो समय हुन्छ, न श्रमअनुरूपको पारिश्रमिक आउँछ, न त बिदा नै सहज । म अफिसमा फुर्सदको समयमा कि त लेख लेख्छु कि त अनलाइनतिर न्युज हालिदिन्छु त्यही फुर्सदको समयमा जुटाएको पैसाले २ छाक साग खान भने दुःख भएको छैन । त्यही भएर कुनै कार्यक्रमा आउनुपूर्व समाचार पोष्ट गर्न वा लेख लेख्नमा व्यस्त हुन्छु अनि सधेँ ढिला भइहाल्छ ।

३ महिनामा १ पटक आउने पारिश्रमिकले जेनतेन पेट पालिन्थ्यो तर अहिले काठमाडौंको मंहगीमा ६ जना पाल्नुपर्ने बाध्यता म माथि छ । मैले लिने अहिलेको तलबले त कोठाभाडा र बच्चालाई फि तिर्न मात्रै पुग्छ । म २४ घन्टामा १८ घन्टा खट्छु तरपनि मलाई खर्च पुर्याउन धौँ धौँ छ । हरेक महिनाको पहिलो साता ‘बा’ लाई अस्पताल पुर्याउनुपर्छ अनेक औषधि लेखिदिन्छ, अनेक उपचार गर्छ तर बा को रोग ज्युकात्युँ छ । ३,४ तिर काम गरेर घर पुग्छु त्यहीँ पनि राति आराम गर्ने मौका मिल्दैन । रातभर ‘बा’लाई कुरेर बस्नुपर्छ । हरेक दिन कोठामा पुग्दा एक न एक चिजको अभाव भइरहेको हुन्छ । म बुझ्छु तर ल्याउने सामर्थ्य ममा हुदैँन । भाउजु पनि केही समस्या नभएझैँ गर्छिन् र मलाई अलि सहज हुन्छ ।

उतातिर छोराछोरीको स्कुलको बिल आउँछ, अर्कोतिर घरभाडा बत्ती, पानी बिजुली आदिको पैसा तिर्नुपर्ने हुन्छ । त्यतिमात्र होइन, आमा र छोराछोरी बिरामी भएर मध्यरातमै अस्पताल कुदाउनुपर्ने बाध्यता समेत छ । अनि कसरी धान्नु खै मेरो एक्लोको कमाइले । यता गर्छु भन्यो उता अलपत्र, उता गर्छु भन्यो यता अलपत्र । कहिलेकाहीँ खुब डर लाग्छ केहीगरी म बिरामी परे काम गर्न जानसक्न छोडे भने के होला ? हाम्रो परिवार त भोकभोकै मर्छ होला ? उनी निकै गम्भीर देखिए । आँखा आँशु रसाए । उनको पीडा सुनेर म पनि भावुक बनेँ । उनले भाेगाई धाराप्रवाह रुपमा सुनाउँदै गए, कहिलेकाहीँ विदेश पलायन हुने सोच पनि आउँछ, तर अब कपाल, दाह्री फुलिसके, हातगोडा सामथ्र्यहीन बन्न थालिसके । अनि उमेरले पनि डाँडो काटिसक्यो विदेश जाने सम्भावना पनि छैन । एकछिन मौन रहे उनी ।


नेपालमा बसेर पत्रकारिता गर्दागर्दै आङमा सयाै सर्ट फाटिसके, कयाै चप्पल फेरिइसकेँ तर हात भने शून्य छ । भोलि अशक्त बन्दाको समयमा खानसक्ने अवस्था छैन । विरामी हुँदा तड्पिएर मर्नुपर्ने अवस्था छ अनि यतिसमय पत्रकारितामा बिताएर गर्व गर्छु भन्ने स्थान नै छैन बहिनी । मैले १० वर्ष काम गरेको जागिरबाट भोलि निस्किए भने रित्तै जानुपर्छ यस्ता हरेक समस्याका कारण आफूले गरिरहेको पेशाप्रति म सकारात्मक बन्नै सक्दिन ।

नेपालमा बसेर पत्रकारिता गर्दागर्दै आङमा सयाै सर्ट फाटिसके, कयाै चप्पल फेरिइसकेँ तर हात भने शून्य छ । भोलि अशक्त बन्दाको समयमा खानसक्ने अवस्था छैन । विरामी हुँदा तड्पिएर मर्नुपर्ने अवस्था छ अनि यतिसमय पत्रकारितामा बिताएर गर्व गर्छु भन्ने स्थान नै छैन बहिनी । मैले १० वर्ष काम गरेको जागिरबाट भोलि निस्किए भने रित्तै जानुपर्छ यस्ता हरेक समस्याका कारण आफूले गरिरहेको पेशाप्रति म सकारात्मक बन्नै सक्दिन । म ती दिन सम्झन्छु, जहाँ म पत्रकार भनेर दौडधुप गर्थे अरूका समाचार बनाउन र अरूका दुःख बाहिर ल्याउन मरिमेटेर कुद्थे । हरेक दिन अरूका दु:ख र दर्द लेख्दालेख्दै म आफू को हुँ भन्ने भुल्थेँ अनि जब कोठाभित्र पस्दा बिरामी बुवाआमा, साना केटाकेटी अनि घरमा सकिएको सामान देख्दा महशुस हुन्थ्यो मेरा दुःख पनि अरूका भन्दा कम त कहाँ छन् र ? नलेखिएर पो हो त । कहिलेकाँही महशुस हुन्छ बहिनी, मानौं मेरा दुःख र समस्या नै छैनन्, म मानिस होइन, मेसिन हो जसको कुनै चाडपर्व छैनन् । कुनै भेटघाट छैनन, उ पैसाबिना पनि काम गर्न सक्छ ।

हरेक चाडवाड र पर्वमा घरमा सबैको जमघट हुन्थ्यो तर म छुट्थेँ । सार्वजनिक बिदा आउँदा अरू परिवारसहित घुम्न जाने योजना बुन्थेँ तर मेरो त्यो अवसर कहिल्यै आएन । छोराछोरी कहिलेकाँही घुम्न जाउन बाबा भन्छन् तर म अनेक बहाना बनाउदैँ छोराछोरीको इच्छा पूरा गर्न असमर्थ बन्छु । कहिलेकाँही कोठामा बसेर एक्लै रून्छु तर कसैलाई पनि दुःख देखाउदिन र भन्दिन पनि । बहिनी तपाईंले धेरै कर गरेर सोध्नुभयो र मैले भने मेरा कुरा कसैलाइ पनि नगर्नु ल । जे छ मनमा छ कसैका अगाडि चिच्याएर कराएर के हुन्छ र ? म अरूको अगाडि सहज बनिदिन्छु । निकै कमलाई मात्रै थाहा छ मेरा समस्या ।

यति भन्दै घडीतिर नजर लगाउदैँ जुरूक्क उठे उनी । बहिनी ढिला भइसकेछ अब निस्कन्छु, थोरै मुस्कान दिदैँ उनी निस्किए । म त्यहीँ केहीबेर सोचमग्न भएँ । उनका समस्या मनमा गड्यो मलाई खुब डर लाग्यो भविष्यप्रति । तैपनि मनमा निकै भारी महशुस गर्दै आफ्नै कामतिर फर्केँ । तरपनि हरेक दिन समाचारकाे लागि दाैडिरहँदा उनकाे भोगाइ र पीडाले सधै झस्काइरहन्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।