Nic

साताको राशिफल (वैशाख १ देखि ७ गतेसम्म)


मेष –अध्ययन, अध्यापनमा व्यस्त भइनेछ । बौद्धिक काममा प्रगति हुने एवं विवाद सुल्झेर जानेछन् । ऋणको भार कम हुने एवं स्वास्थ्यमा सुधार देखिनेछ । साताको अन्त्यमा भने वैवाहिक व्यस्तता, व्यवसायिक यात्रा एवं पारिवारिक भेटघाट रहनेछ ।

वृष– शंकाको कारणले वैमनस्यता बढ्नेछ । रीसको आवेग बढ्नाले पारीवारिक तनाव हुनेछ । साताको मध्यमा भने कला क्षेत्रमा रुचि जाने, विद्यामा प्रगति एवं व्यवसायमा फाइदा मिल्नेछ । साताको अन्त्यमा भने मुद्दा मामिलामा फाइदा हुने एवं स्वास्थ्यमा सुधार देखिन्छ ।

मिथुन – जोश जाँगर बढ्नाले काम छिटै फत्ते हुनेछ । दाजुभाइको सहयोगले धनको कारोबारमा राहत मिल्नेछ । साताको मध्यमा भने घरायसी झैझगडा एवं अनमेल हुन सक्नेछ । काममा बाधा आउनाले फाइदा घटेर जानेछ । साताको अन्त्यमा भने सन्तानबाट सहयोग मिल्ने, पारीवारिक भेटघाट रहने एवं कला क्षेत्रमा रुचि बढ्नेछ ।

कर्कट– भोजभतेरमा सामेल भइनेछ । बोलीको प्रभाव बढ्नाले मित्रता बढेर जानेछ । धनको कारोबारमा प्रगति आउनेछ । साताको मध्यमा भने छोटो यात्रा हुने एवं जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा भने काममा रोकावट, मानसिक चिन्ता एवं मित्रता टुट्न सक्नेछ ।

सिंह– मनोरञ्जनमा खर्च हुनेछ । साथीभाइ भेटघाट एवम काममा व्यस्तता आउनेछ । साताको मध्यमा भने धनसम्पति बढ्ने, भोजभतेरमा सामेल भइने एवं आफ्नो क्षमताको कदर हुनेछ । साताको अन्त्यमा भने दाजुभाइबाट सहयोग, दिदी बहिनीसँगको मित्रता बढ्ने एवं व्यवसायमा फाइदा मिल्नेछ ।

कन्या– अनावश्यक खर्च बढ्नाले धनको चिन्ता बढ्नेछ । नमिठो खबर आउनाले काममा बाधा पर्नेछ । साताको मध्यमा भने चञ्चलता बढ्ने, प्रियजन भेटघाट हुने एवं प्रेममा खुशी बढ्नेछ । साताको अन्त्यमा भने सम्पत्तिको कारोबार बढ्ने एवं आफन्तबाट आर्थिक सहयोग मिल्नेछ ।

तुला–आम्दानी राम्रो हुनाले व्यवहार टरेर जानेछ । अरुको सहयोग मिल्नाले काममा तिव्रता आउनेछ । सरसामान किनमेल हुने एवं व्ययभार बढ्नेछ । अरुले लाञ्छना लगाउनाले मानसिक चिन्ता बढ्नेछ । साताको अन्त्यमा भने प्रसन्नता बढेर जाने एवं स्वास्थ्यमा आरोग्यता मिल्नेछ ।

वृश्चिक– सरकारी क्षेत्रमा पहुँच बढ्नेछ । रोजगारीमा आफू अनुकुल काम हुनेछ । ठूलाबडाले साथ दिनाले आर्थिक काममा आफ्नो हात पर्नेछ । धनसम्पतिको जोहो हुनाले, ऋणको भार कम हुनेछ । व्यापारमा फाइदा एवं नयाँ व्यक्तिबाट सहयोग मिल्नेछ । साताको अन्त्यमा भने शारीरिक पीडा, अनावश्यक खर्च एवं प्रिय वस्तुको हानी हुनेछ ।

धनु –यात्रामा व्यस्तता हुनेछ । मठमन्दिर दर्शन एवं धार्मिक रुचि बढ्नेछ । ठूला व्यक्तिसँग संगत हुनाले पहिचान स्थापित हुनेछ । शक्तिशाली व्यक्तिबाट आश्वासन मिल्ने एवं काममा प्रशंसा आउनेछ । साताको अन्त्यमा व्यवसायमा फाइदा, आर्थिक कारोबार बढ्ने एवं भौतिक सुखको वृद्धि हुनेछ ।

मकर– साताको शुरुमा काममा झन्झट हुनेछ, अचानक काम बिग्रिनाले व्ययभार आफूलाई पर्नेछ । साताको मध्यमा भने वैदेशिक फाइदा मिल्ने, धार्मिक रुचि बढेर जाने एवं ठूला बडा व्यक्तिको साथ मिल्नेछ । अधुरा काम बन्नाले समस्या हल भएर जानेछ । साताको अन्त्यमा भने पदप्रतिष्ठा वृद्धि एवं राजनीतिमा फाइदा मिल्नेछ ।

कुम्भ –पारीवारिक भेटघाट बढ्नेछ । प्रेममा खुशीयाली बढ्नाले मित्रबाट सहयोग मिल्नेछ । साझेदारीमा फाइदा एवं दाम्पत्य सुख मिल्ने तथा व्यवसायिक यात्रा हुनेछ । साताको मध्यमा भने गुप्त शत्रु जाग्नेछन् । काममा व्यवधान खडा हुनेछ । साताको अन्त्यमा भने विवाद मिल्ने एवं स्वास्थ्यमा सुधार आउनेछ ।

मीन– खेलकुदमा रुचि जानेछ । घरबाहिरको काम बन्नेछ । दौडधुपमा दिन बित्ने एवं काममा प्रगति देखिन्छ । साताको मध्यमा भने प्रियजन भेटघाट हुनेछ । वैवाहिक काममा सहभागी भइनेछ । साताको अन्त्यमा भने अपजस मिल्नसक्ने एवं झुटा आरोप लाग्नेछ । काममा बाधा आउनाले क्षति बेहोर्नुपर्नेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४, पशुुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वीघाटको पानी यहाँ आउने र त्यसले नुहाएमा अनेकौ चर्मरोग निको हुन्छ भन्ने किंवदन्ती छ ।बाइधारा क्षेत्रमा शीतलामाई र गुहृयेश्वरीको पूजा…

‘२०६२, ०६३ को जनआन्दोलनमा धर्मनिरपेक्षता राजनीतिक दलको एजेण्डा थिएन । ‘जनआन्दोलन सकिएको तीन साता नबित्दै धर्मनिरपेक्षता बनाइयो । यो अत्यन्तै…

मन्त्रिपरिषदको सोमबार बसेको बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । कर्मचारी समायोजनदेखि समृद्धिको पथमा मुलुकलाई लैजाने सवालका महत्वपूर्ण निर्णय भएका छन्…

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ ।…

भारतको ठूलो राज्य उत्तर प्रदेशमा ८ सिट, बिहारमा ५, असम ५, छत्तिसगढ ३, जम्बु कश्मिर २, कर्नाटक १४, महाराष्ट्र १०,…

अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ ।