Nic

आईपीएलः गेलको ९९ ले पनि पञ्जाबको हार, बैंग्लोरको पहिलो जित

काठमाडौं । किंग्स इलावेन पञ्जाबका क्रिस गेलको दमदार ब्याटिङका बावजुत पनि इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर ८ विकेटले पराजित भएको छ ।

पञ्जाबले दिएको १ सय ७४ रनको लक्ष्य बैंग्लोरले ४ बल बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो । उसका लागि पार्थिव पटेल १९, विराट कोहली ६७ रनमा आउट हुँदा एबि डिभिलिर्यस ५९ र मार्कस स्टोनिस २८ रन बनाउँदै नटआउट रहे । बलिङतर्फ पञ्जाबका मोहम्मद सामी र रविचन्द्र अश्विनले समान एक–एक विकेट लिए ।

त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७३ रन बनाइएको थियो । उसका लागि लोकेश राहुल १८, मयंक अग्रवाल १५, श्याम करण १, सर्फराज खान १५ रनमा आउट हुँदा क्रिस गेल ९९ र मन्दीप सिंह १८ रनमा नटआउट रहे । बलिङतर्फ बैंग्लोरका युजविन्द्र चहलले दुई तथा मोहम्मद सिरज र मोइन अलीले समान एक–एक विकेट लिए ।

३८ बलमा ५९ रन बनाएका बैंग्लोरका एबी डिभिलियर्स म्यान अफ द म्याच घोषित भए ।

आजको खेल
प्रतियोगिता अन्तर्गत आज दुई खेलहरु हुँदैछ । दिउँसो ४ बजे कोलकत्ता नाइटराइडर्स र चेन्नाई सुपरकिंग्सको खेल कोलकत्ताको इडेन गार्डेन स्टेडियममा हुँदैछ भने बेलुकी सवा ८ बजे सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको खेल हैदराबादको राजिव गान्धी इंटरनेशनल क्रिकेट स्टेडियममा हुनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ योग–एराविक्स५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० किताबका कुरा८ः०० अंग्रेजी समाचार…

मेष– व्यस्तता बढ्नेछ, काममा सफलता मिल्नेछ । वृष– कुटुम्ब सहयोग मिल्नेछ, भोजनको सुख पाइनेछ । मिथुन– सहयोगमा दिन बित्नेछ, मित्रजन भेटघाट हुनेछ…

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।