Nic

६.८ म्याग्नीच्यूडकाे भूकम्पपछि २० वटा पराकम्प

जकार्ता । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तलाई केन्द्रमा राखेर शुक्रबार अपराह्न गएको ६.८ म्याग्नीच्यूडको भूकम्पपछि कम्तीमा २० वटा परकम्प गएको छ ।

इन्डोनेसियाको जलवायू तथा भौगर्भिक विभागले निकै ठूला परकम्पहरु एकपछि अर्को आएका र त्यसले जनजीवन त्रस्त बनाएको जनाएको छ । तीमध्ये सबैभन्दा ठूलो परकम्प ५।६ म्याग्नीच्यूडको थियो भने सबैभन्दा कमजोर परकम्प ३।४ म्याग्नीच्यूडको रहेको थियो ।

भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी जारी गरिएको थियो ।

सुलावेसी क्षेत्रमै गत सेप्टेम्बरमा गएको शक्तिशाली भूकम्प र सुनामीबाट कम्तीमा चार हजार ३४० जनाको ज्यान गएको थियो । करिब ७.५ म्याग्नीच्यूडको त्यस भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणको कार्य अझै जारी छ । यस भूकम्पबाट खासगरी सुलावेशीका पालु र डोङ्गाला शहर सर्वाधिक प्रभावित थिए ।

सन् २००४ को डिसेम्बरमा सुमात्रा द्वीपलाई केन्द्रविन्दु बनाएर गएको ९।१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट हिन्द महासागरमा विनाशकारी सुनामी गएको थियो । यस सुनामीबाट भारत र श्रीलंका समेतका एक दर्जन मुलुकका दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वीघाटको पानी यहाँ आउने र त्यसले नुहाएमा अनेकौ चर्मरोग निको हुन्छ भन्ने किंवदन्ती छ ।बाइधारा क्षेत्रमा शीतलामाई र गुहृयेश्वरीको पूजा…

‘२०६२, ०६३ को जनआन्दोलनमा धर्मनिरपेक्षता राजनीतिक दलको एजेण्डा थिएन । ‘जनआन्दोलन सकिएको तीन साता नबित्दै धर्मनिरपेक्षता बनाइयो । यो अत्यन्तै…

मन्त्रिपरिषदको सोमबार बसेको बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । कर्मचारी समायोजनदेखि समृद्धिको पथमा मुलुकलाई लैजाने सवालका महत्वपूर्ण निर्णय भएका छन्…

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ ।…

भारतको ठूलो राज्य उत्तर प्रदेशमा ८ सिट, बिहारमा ५, असम ५, छत्तिसगढ ३, जम्बु कश्मिर २, कर्नाटक १४, महाराष्ट्र १०,…

अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ ।