राष्ट्रिय फेन्सिङको टिम च्याम्पियन आर्मी

नेपालगन्ज । जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङ प्रतिस्पर्धामा ६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी समग्रमा च्याम्पियन बनेको छ ।

दोश्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कांस्य जितेको प्रदेश ३ ले तेश्रो स्थानमा चित्त बुझायो । प्रदेश १ ले ५ रजत, प्रदेश ४ ले २ रजत र सुदूरपश्चिम प्रदेशले १ कांस्य हात पार्दै क्रमशः चौथोदेखि छैटौं स्थानमा यात्रा टुंगाए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच विजेतालाई पुरस्कृत गरे । नेपालगन्ज रंगशालाको कभर्डहलमा चैत २८ गतेदेखि शुरु प्रतियोगितामा १ सय २९ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।