Nic

पौडी खेल्दाखेल्दै दुई युवा बेपत्ता

धम्बोजी । कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन् ।

बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । छ जना साथी मिलेर कोठीयाघाट घुम्ने क्रममा पौडी खेल्न गएको बेला नदीमा प्रज्ज्वल र दीपेन्द्र बेपत्ता भएको कोहलपुरका उनीहरुकै साथी राजेन्द्र शाहीले बताउनुभयो ।

दुईजना नदीमा बेपत्ता भएको र बेपत्ताको खोजीकार्य प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिनुभयो । उहाँका अनुसार खोजी कार्य लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका गोताखोर टोली परिचालन गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– यात्राको सुख मिल्नेछ, काममा प्रगति देखिनेछ । वृष– स्वास्थ्यमा सुधार आउनेछ, खेलकुदमा जीत हुनेछ । मिथुन– सन्तानको सुख मिल्नेछ,…

‘समाज, परिवार र विद्यालयमा बोल्न नसकेका विषयलाई नाटकमार्फत समेटिएको छ’, नाटककी मुख्य पात्र सोनिका तामाङले भनिन् ।

र्व प्रधानमन्त्री तथा खनेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७२ साल वैशाख गएको शक्तिशाली भूकम्पकै कारण मुलुकले छिटो संविधान…

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ । बिहीबार…

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

‘एउटै पार्टीका मेयर उपमेयरबीच भएको खटपटले हामीलाई पनि बुझ्नै कठिन भइरहेको छ ।