विवेकशील साझा पार्टीद्धारा प्रधानमन्त्री निवास अगाडि प्रर्दशन

काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रर्दशन गरेको छ ।

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा समेत व्यक्तिको नाममा विक्री गरिएको विरोधमा सोमबार बिहान १ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रर्दशन गरेको हो । प्रधानमन्त्री निवासको जग्गा नै गम्भिर अपचलनमा परेको समाचार बाहिर आएपछि आइन्दा कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडिनै विरोध प्रर्दशन गर्नु परेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिनु भयो । उहाँले विरोध प्रर्दशनको माध्यामबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दवाव दिइएको बताउनु भयो ।

प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले समेत किनेको तथ्य बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रर्दशन सुरु गरेको हो । प्रवक्ता आचार्यले प्रधानमन्त्री निवासको जग्गानै अपचलन गर्ने गम्भिर प्रकृतिको घटना बाहिर आएको उल्लेख गर्दै त्यसो हुन नदिन सरकारलाई खवरदारी गर्न पनि सबै नागरिक समाज, पार्टी र संचारकर्मीहरुलाई पनि आह्वान गर्नु भयो । प्रर्दशनको क्रममा ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानवीन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ । लेखिएको प्ले कार्डहरु पनि प्रर्दशन गरिएको थिए ।

सो घटना बाहिर आएपछि सरकारले पनि एक हप्ता अघि प्रधानमन्त्री निवासको जग्गा विक्री गर्न रोक गराउने निर्णय गरेको थियो । विवेकशील साझा पार्टीले सरकारको सो निर्णयको स्वागत गर्दै सो घटनाको छानवीन गरी दोषीमाथि कडा कार्वाही गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।