सिंहदरबार परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा शुभारम्भ

काठमाडौं । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाािण्ज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय सिंहदरबार परिसरको आइतबार औपचारीक रुपमा शुभारम्भ गर्नुभएकोे छ ।

हाल बैंकका शाखा कार्यालयको संख्या २ सय १८ पुगेको छ । सो समारोहमा प्रमुख अतिथि महेन्द्रमान गुरुङ्गले सिंहदरबार भित्र राष्ट्रिय वाणिज्य बैंकको शाखा खुलेपछि सरकारी आर्थिक कारोबार गर्न थप सहयोग पुग्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंकले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने वताउनुभयो । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, रबिन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, डा.माधबप्रसाद दाहाल, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु लगागत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

साथै, आजै राष्ट्रिय सभागृहमा भएको अर्को एक कार्यक्रममा सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओली र सम्मानीय प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यकी आमा धनमाया शाक्यको राष्ट्रिय वाणिज्य बैंकको समृद्धि बचत खाता खोली नेपाल सरकारले सुरु गरेको सबैं नेपाली नागरिकको बैंक खाता खोल्ने राष्ट्रिय अभियानको शुभारम्भ गर्नुभयो ।

हाल बैंकको ७७ जिल्लामा २१८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।