प्रदेश २ र ३ लाई जोड्ने गरी मोटरबोट

पुष्पराज अधिकारी
हेटौंडा ।
प्रदेश नम्बर २ को सर्लाही र रौतहटलाई प्रदेश ३ को मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग बिस्तार भएको छ । प्रदेश २ र ३ का बासिन्दाले बागमती नदीमा अब मोटरबोटबाट यात्रा गर्न पाउने भएका छन् ।

मकवानपुरको वाग्मती गाउँपालिका २ राईगाउँदेखि रौतहतको नुनथरसम्म मोटरबोट सञ्चालनको लागि परीक्षण गरिएको हो । नयाँ वर्ष २०७६ को पहिलो दिन गरिएको मोटरबोटको परीक्षण सफल भएको छ । यो ठाउँ मकवानपुर, रौतहट र सर्लाहीको सिमानामा पर्छ । रौतहटको बागमती क्यान्टिन बजारबाट मकवानपुरको बागमती–२ राईगाउँसम्म सात किलोमिटरमा मोटरबोट सञ्चालन गर्ने तयारी गरिएको हो । प्रतिमहिना २ लाख रुपैयाँ भाडा तिरेर ११ सिट क्षमताको मोटरबोट ल्याइएको छ । यसका लागि प्रतिनिधिसभाको अर्थ तथा विकास समिति सभापति कृष्णप्रसाद दाहालले पहल गरेका थिए । सांसद विकास कोषमा रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत खर्च गरिने योजनामध्येबाट २० लाख खर्च गरेर जलमार्गको निर्माण गरिएको हो ।

नेपालमा समुद्रसँग जोड्ने जलमार्गलाई केन्द्र सरकारले प्राथमिकता दिएको समयमा पर्यटन प्रर्वद्धन तथा स्थानीय जनताको दैनिकीलाई सहज बनाउन मोटरबोट सञ्चालनमा ल्याउन लागिएको भन्दै सभापति दाहालले जलमार्गले दुर्गम मानिने राईगाउँको जीवनशैलीलाई सकारात्मक परिवर्तन गर्ने बताउनुभयो ।

मोटरबोटबाट मकवानपुरको बाग्मती, सिन्धुलीको हरिहरपु, रौतहको बाग्मती र सर्लाहीको चन्द्रनिगाहपुर नगरपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वीत भएकाछन् । परिक्षण सफल भएर मोटरबोट (ठूलो डुङ्गा) व्यवसायिक रुपमा सञ्चालन हुने भएपछि मकवानपुरको विकट मानिएको राईगाउँबासीलाई रौतहट पुग्न जम्मा करिब १५ मिनेट लाग्नेछ । बागमती खोलामा मोटरबोट सञ्चालन भएपछि राईगाउँको आर्थिक विकास र पर्यटन क्षेत्रमा व्यापक विकास हुने अपेक्षा गरिएको छ । राईगाउँमा उत्पादित अन्नबालीहरु मोटरबोटमा रौतहट पु¥याएर बिक्री वितरण गर्न सहज हुनेछ । हाल राईगाउँबाट ४ देखि ५ घण्टा हिँडेर रौतहट पुग्ने यस क्षेत्रका बासिन्दा मोटरबोट चलेपछि १५ मिनेटमै पुगिने भएपछि स्थानीय खुशी बनेका छन् ।

हाल चितवनको नारायणी नदीमा सञ्चालित ११ सिट रहेको मोटरबोटलाई नै परिक्षणको लागि मासिक २ लाख भाडामा बागमतीमा लगेर सञ्चालन गरिएको छ । ठूलो वर्षाबाहेक भदौदेखि जेठसम्म सुरक्षित रूपमा मोटरबोट सञ्चालन गर्न सकिने जनाइएको छ । तत्काल भाडामा ल्याइएको मोटरबोट सञ्चालन हुने र पछि केन्द्र तथा प्रदेश सरकारसँग सहकार्य गरेर आफ्नै बोट सञ्चालन गरिने योजना रहेको छ । मोटरबोटको सञ्चालनपछि बागमती गाउँपालिका तथा मकवानपुरकै पर्यटन विकाससँगै यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…