Nic

बुद्धकृष्णले छेडे सातौँ पटक जिब्रो (फोटो फिचर)

नारायण थापा

भक्तपुर । बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा सोमबार थिमी बोडेका ४७ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्नु भएको छ । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जात्रामा सोमबार उहाँले जिब्रो छेडेर महाद्धिप बोकेर टोल टोल घुम्दै जात्रा मनाईएको हो ।

कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो छेड्ने जात्रा गर्न दिउँसो २ बजे बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले हजारौ मानिसहरूकै अगाडि वागश्रेष्ठको जिब्रो छेडिएको हो ।

जिब्रो छेडेपछि चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर टोलटोल घुमेका वागश्रेष्ठले पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको ठोकिएको थियो ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने श्रेष्ठले बताउनुभयो ।

परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष आफूले बिज्रो छेडेको बताउँदै उहाँले यसअघि २०६२ सालदेखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेड्नु भएको थियो ।

भगवाण प्रतिको त्यही विश्वास र आस्थाले परम्परा जोगाउन फेरी जिब्रो छेड्ने जात्रालाई जोगाउँन जिब्रो छेड्न थालेको बताउनुभयो ।

२०६० सालसम्म उहाँकै दाजू कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर जात्रा चलाईएको थियो ।

उहाँको आमाको निधन पछि बोडेको जुजुभाई बाँसश्रेष्ठले ०६५ देखि ०७२ सम्म जिब्रो छेड्नु भयो भने गतवर्ष पुनः जिब्रो छेड्नु भएका बुद्धकृष्णले यसवर्ष सातौ पटक जिब्रो छेड्नु भएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेष– घरबाहिर व्यस्त भइनेछ । काममा जिम्मेवारी आउनेछ । वृष– भोजनको सुख मिल्नेछ । इष्टमित्रबाट सहयोग पाइनेछ । मिथुन– प्रशन्नता बढ्नेछ ।…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूको हवाई भाडामा अनियमिता भएको जनाउँदै १० जनाविरुद्ध मुद्दा…

काठमाडौं । ‘लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिको लागि खुलाइएको विज्ञापन संविधानसम्मत भएको जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले…

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने स्पष्ट पारेको छ…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।