Nic

प्रधानमन्त्रीले ‘नन्दी भृंगी’ भनेकोप्रति कांग्रेसको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको केही दिन अघि कांग्रेसलाई लक्षित गर्दै ‘नन्दी भृंगी भेला गराएर आन्दोलन गर्न लागेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको हो । उहाँले प्रधानमन्त्री ओलीले यस्ता अभिव्यक्तिले बाल मनोविज्ञानमा असर पर्ने भन्दै टिभी च्यानल बन्द गर्ने अवस्था आएको दावी पनि गर्नु भयो । प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई २०७५ सालको असफलताबाट पाठ सिकेर २०७६ सालमा जिम्मेवार भएर अभिव्यक्ति दिन र काम गर्न पनि सचेत गराउनु भयो ।

पत्रकार सम्मेलनमा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संविधानको भावना विपरित संवैधानिक निकायमा नियुक्त गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय सहमतिका साथ संवैधानिक निकायमा नियुक्त गर्न संवैधानिक परिषदको कल्पना गरिएपनि सरकारले सो अनुसार काम गर्न नचाहेको आरोप पनि लगाउनु भयो ।

कांग्रेसले २०७५ सालको सूरुवाती दिन आशा गर्न लायक भएपनि सरकारका गतिविधिले त्यसलाई निराशामा परिणत गरिदिएको दावी पनि गरेको छ । प्रवक्ता शर्माले सरकारले संघीयताको कार्यान्वयन, कर्मचारी समायोजन, शान्ति सुरक्षा कुनै पनि काम अपेक्षा अनुसार गर्न नसकेको निष्कर्ष आफ्नो पार्टीको रहेको पनि बताउनु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वीघाटको पानी यहाँ आउने र त्यसले नुहाएमा अनेकौ चर्मरोग निको हुन्छ भन्ने किंवदन्ती छ ।बाइधारा क्षेत्रमा शीतलामाई र गुहृयेश्वरीको पूजा…

‘२०६२, ०६३ को जनआन्दोलनमा धर्मनिरपेक्षता राजनीतिक दलको एजेण्डा थिएन । ‘जनआन्दोलन सकिएको तीन साता नबित्दै धर्मनिरपेक्षता बनाइयो । यो अत्यन्तै…

मन्त्रिपरिषदको सोमबार बसेको बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । कर्मचारी समायोजनदेखि समृद्धिको पथमा मुलुकलाई लैजाने सवालका महत्वपूर्ण निर्णय भएका छन्…

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ ।…

भारतको ठूलो राज्य उत्तर प्रदेशमा ८ सिट, बिहारमा ५, असम ५, छत्तिसगढ ३, जम्बु कश्मिर २, कर्नाटक १४, महाराष्ट्र १०,…

अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ ।