Nic

कफी क्षेत्रमा लगानी बढाउन सरकारलाई आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कफी क्षेत्रको विकासमा लगानी बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष दाहालले अन्तराष्ट्रिय बजारमा समेत ठूलो परिणाममा माग भइरहेको कफी खेतीको विकासका लागि कृषकहरुलाई प्रोत्साहित हुनेगरी नीति र कानुन निर्माण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । सोमबारबाट काठमाडौंमा शुरु भएको नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालको व्यापार घाटालाई कम गराउन समेत भरपर्दो माध्यामको रुपमा रहेको कफी खेतीको विकासमा निजी क्षेत्रले समेत चासो नदिएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न पनि नेपालमा कफी खेतीको विकास गर्नुपर्ने जरुरी रहेको बताउनु भयो । नेपालको ४२ वटा जिल्ला कफी खेतीको दृष्टिले अति महत्वपूर्ण मानिन्छ । तर त्यसको विकासमा सरकार र निजी क्षेत्र दुवैले चासो दिन नसकेको अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष दाहालले युवा जनशक्तिलाई मुलुकभित्रै परिचालन गर्न पनि कफी खेतीमा लगानी बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वीघाटको पानी यहाँ आउने र त्यसले नुहाएमा अनेकौ चर्मरोग निको हुन्छ भन्ने किंवदन्ती छ ।बाइधारा क्षेत्रमा शीतलामाई र गुहृयेश्वरीको पूजा…

‘२०६२, ०६३ को जनआन्दोलनमा धर्मनिरपेक्षता राजनीतिक दलको एजेण्डा थिएन । ‘जनआन्दोलन सकिएको तीन साता नबित्दै धर्मनिरपेक्षता बनाइयो । यो अत्यन्तै…

मन्त्रिपरिषदको सोमबार बसेको बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । कर्मचारी समायोजनदेखि समृद्धिको पथमा मुलुकलाई लैजाने सवालका महत्वपूर्ण निर्णय भएका छन्…

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ ।…

भारतको ठूलो राज्य उत्तर प्रदेशमा ८ सिट, बिहारमा ५, असम ५, छत्तिसगढ ३, जम्बु कश्मिर २, कर्नाटक १४, महाराष्ट्र १०,…

अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ ।