Nic

एपिएफलाई महिला टिममा स्वर्ण

काठमाडौं । महिला टिम ईभेन्ट्समा एपिएफले स्वर्ण हात पा¥यो । एपिएफले सेनालाई २–१ ले पराजित गर्दै स्वर्ण हात पारेको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक पाए । सुदूरपश्चिम सेना संग र प्रदेश १ एपिएफ संग समान २–० को सोझो सेटमा पराजित हुंदै तेश्रो स्थानमा खुम्चिन बाध्य भयो ।

पुलिस र सुदूर पश्चिम संयुक्त रुपमा तेश्रो स्थानमा रहे । एपिएफले सेमिफाईनलमा पुलिसलाई ३–० को सोझो सेटले पराजित गरेको हो । यस्तै सेनाले सुदूरपश्चिमलाई ३–१ ले पन्छाउँदै फाइनल यात्रा तय गरेको हो । सुदूरपश्चिमका प्रिन्स दाहालले नम्बर एक खेलाडी रत्नजितलाई २१ । १८, २१ । १४ ले पाखा लगाउँदै फाईनल प्रवेश गर्ने आशा दिलाएता पनि अन्य खेलाडीहरुले दाहालको लयलाई समात्न नसकेका कारण सेनालाई जित सुम्पना बाध्य भयो ।

घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलमा पुलिसका पूर्ण बहादुर बोहराले प्रदेश ३ का भोज बहादुर गुरुङलाई २१ । १३, २१ । १२ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् । यस्तै प्रदेश ५ का बिश्व नेपाल र पुलिसका जिवन आचार्यको जोडी पनि दोश्रो चरण प्रवेश गर्न सफल भए । बिश्वले सुदूरपश्चिमका प्रियांशु सिंह क्षेत्रीलाई ११।२१, २१।१३, २१।६ ले तथा जीवनले प्रदेश ३ का निश्चल बस्नेतलाई २१।७, २१।११ ले पराजित गरे ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

‘२०६२, ०६३ को जनआन्दोलनमा धर्मनिरपेक्षता राजनीतिक दलको एजेण्डा थिएन । ‘जनआन्दोलन सकिएको तीन साता नबित्दै धर्मनिरपेक्षता बनाइयो । यो अत्यन्तै…

मन्त्रिपरिषदको सोमबार बसेको बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । कर्मचारी समायोजनदेखि समृद्धिको पथमा मुलुकलाई लैजाने सवालका महत्वपूर्ण निर्णय भएका छन्…

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ ।…

भारतको ठूलो राज्य उत्तर प्रदेशमा ८ सिट, बिहारमा ५, असम ५, छत्तिसगढ ३, जम्बु कश्मिर २, कर्नाटक १४, महाराष्ट्र १०,…

अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…