Nic

प्रधानमन्त्री ओलीले भेरी–बबई डाइभर्सनको ‘ब्रेक थ्रु’ गर्दै

काठमाडौं । प्रधानमन्त्री के पी ओलीले ‘भेरी–बबई डाइभर्सन बहुउद्देशीय आयोजना ’ को मंगलबार ब्रेक थ्रु गर्नुहुने भएको छ । प्रधानमन्त्री ओली मंगलबार बिहान ९ बजे आयोजना स्थल प्रस्थान गर्दै हुनुहन्छ ।

भेरी नदीको पानी बबई नदीमा खासालेर बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर जमीनमा सिंचाई सुविधा पु¥याउने आयोजना हो ‘भेरी–बबई डाइभर्सन बहुउद्देशीय आयोजना ।’ ‘बहुउद्देशीय आयोजना ’ बाट ४८ मेगावाट विद्युत उत्पादन गरिने लक्ष्य छ । स्वदेशी लगानीमा निर्मित राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत ‘भेरी–बबई डाइभर्सन बहुउद्देशीय आयोजना अन्तर्गत भेरी नदीको पानी बबई नदीमा खसाल्न १२ किलोमिटर लामो सुरुङ खनिएको छ ।

पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत उत्पादन र तेस्रो चरणमा बर्दिया तथा बाँके जिल्लाका खेतियोग्य जमीनमा सिँचाई गर्ने अयोजनाको विस्तारित लक्ष्य रहेको छ । छिन्चु–जाजरकोट सडक खण्डको चिप्लेमा बाँध बाँधेर सुरुङबाट प्रतिसेकेन्ड ४० घनमिटर पानी बबई नदीमा झारिने छ । सुर्खेतको रामघाटस्थित चिप्लेमा बाँध निर्माण पनि शुरु गरिएको छ । भेरी नदीमा बाँध निर्माण र पावरहाउस निर्माणमा ६ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

चनियाँ कम्पनी चाईना ओभरसिज ईन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड र सिंचाई विभागबीच २०७१ माघमा आयोजना निर्माणको ठेक्का सम्झौता भएको थियो । २०७२ जेष्ठ २१ देखि आयोजना निर्माणको थालनी भएको हो । २०७६ चैत्र १५ भित्र आयोजनाको निर्माण सम्पन्न गर्ने सम्झौता अनुसार ठेकेदार कम्पनीले समयमै काम सम्पन्न गरेको छ ।

चिनियाँ कम्पनीले १० अर्ब ५६ करोड ९७ लाख ३२ हजार १ सय ४१ रुपैयाँ ५२ पैसामा ठेक्का लिइएको थियो । ऊर्जा मन्त्रालयले विद्युत उत्पादन गर्ने र सिंचाई मन्त्रालयले सिंचाईको काम गर्ने आयोजनाको काम बाँडफाँड गरिएको थियो । पछि सिंचाई मन्त्रालय आफैले विद्युत उत्पादन गर्ने कामको पनि जिम्मेवारी लिएकोे थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं ।  भारतीय महानगर मुम्बईमा भीषण समुन्द्री आँधी उठेको छ । अरब सागरबाट शुरु भएको आँधीले मुम्बई शहरमा वितण्डता मच्चाएको…

प्रतिनिधिसभामा विनियोजित विभिन्न विधेयकबारे छलफल जारी छ । बुधबारको बैठकमा सांसदहरुले मन्त्रालयको खर्च घटाउन प्रस्ताव गर्ने कार्यसूची छ ।

आफ्नै पार्टीभित्र समेत नीतिका सवालमा र बेथितिबिरुद्ध खरो उत्रने शैलजा आचार्यले भ्रष्टाचारको मुद्दा उठाएर कृषिमन्त्रीबाट दिएको राजीनामा नेपाली राजनीतिमा उदाहरणीय…

केही जिल्ला नेताले सदस्य सिफारिसमा सचिव प्रदिप कटुवालले सल्लाह नै नगरी मनोमानी गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको नाममा…

देशको केही स्थानमा आज(बुधबार) हावाहुरी र मेघगर्जनसहित पानी पर्ने भएको छ । राति देशभरी नै सामान्य बादल लाग्नेछ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ राष्ट्रिय गीत ५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तीर्थ पर्यटन ६ः५५…