Nic

बोलेरो जिप दुर्घटना : एकको मृत्यु, १० घाइते

उदयपुर । उदयपुरगढी गाँउपालिका १ विष्णुचौरमा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, अन्य १० जना घाइेत भएका छन ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार सोमबारराति कटारी बजारबाट मुरमे गइरहेको स.१ज ५०६ नम्वरको बोलेरो जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी उदयपुरगढी गाँउपालिका–१ मुर्मेकी ४५ वर्षीया केसीमाया परियारको मृत्यु भएको एसपी राईले जानकारी दिनुभयो । बोलेरोमा सवार अन्य १० जना मध्ये तीन जना गम्भिर घाइते भएको अन्य समान्य रहेको एसपी चन्द्रदेव राईले जानकारी दिनुभयो ।

उकालोमा लोड तान्न नसकेर बोलेरो सडकबाट झण्डै तीनसय मिटर तल खसेको स्थानीयले बताएका छन । फाइल तस्बिर

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित…