Nic

बस दुर्घटनामा एकको मृत्यु, १३ घाइते

काठमाडौं । खोटाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।

काठमाडौंबाट सदरमुकाम दिक्तेलतर्फ जाँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ मा मा पर्ने रिट्ठाबोटेमा दुर्घटना भएको हो । दुर्घटनामा दिक्तेल–७ का ३३ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको छ।

दुर्घटनामा घाइते १३ मध्ये ६ जनाको अबस्था गम्भीर छ। उनीहरुलाई राति नै थप उपचारका लागि काठमाडौँको टिचिङ अस्पतालमा ल्याइएको छ। बस सडकबाट करिब ४० मिटर तल खसेको छ। पल्टिएको बस रुखमा अड्किएकाले ठूलो क्षतिबाट जोगिएको प्रहरीले जानकारी दिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।