Nic

सडक निर्माण छिटो सक्न माग गर्दै बासिन्दा आन्दोलित

नारायण थापा
भक्तपुर । नगरकोट, मण्डनदेउपुर, छालिङ्ग, बागेश्वरी र सुडालका बासिन्दा सडक निर्माण छिटो सक्न माग गदै आन्दोलित भएका छन् । २ वर्षमा निर्माण भइसक्नु पर्ने भत्केकोपार्टी–नगरकोट सडक ७ वर्षमा पनि नबनेपछि बासिन्दा आन्दोलित भएका हुन् ।

सडक निर्माण छिटो सक्न दबाबको लागि बासिन्दाले राजकुमार लामिछानेकको संयोजकत्वमा २ सय ५१ सदस्यीय संघर्ष समिति नै बनाएका छन् । सडक निर्माण कार्य छिटो सक्नुपर्ने, सडकका बीचमा छोडिएका बिजुलीका पोल हटाउनुपर्ने, जग्गाको मुआब्जा दिनुपर्ने, नाली तथा जोखिमयुक्त स्थानका सडक आसपासमा रिर्टेनिङ्ग वाल लगाउनुपर्ने, निर्माण कार्य गुणस्तरीय हुनुपर्ने बासिन्दाको माग छ ।

भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको ४० किमी सडक निर्माण ठेक्का शैलुङ्ग कन्ष्ट्रक्सनले लिएको छ । कन्ष्ट्रक्सनले ७ बर्ष ठेक्का लिए पनि निर्माण अहिलेसम्म पूरा गर्न सकेको छैनन । निर्माण सम्पन्न नहुँदा सडक हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुने गरेको छ । हिलो र धुलोले सडक छेउका बासिन्दालाई खपी नसक्नु भएको छ । आवत सावतमा पनि उस्तै सास्ती छ ।

सडक निर्माण ढिलाईले सास्ती भएपछि त्यसलाई छिटो सक्न संघर्ष समितिले नगरपालिका, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, प्रदेश सरकार, संघ तथा प्रदेश सांसद, शैलुङ्ग कन्ष्ट्रक्सनको प्रोपाइटर सारदा अधिकारी, आयोजना कार्यालय, भौतिक योजना तथा निर्माण मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

त्यसपछि पनि निमार्ण छिटो नभए धर्ना, जुलुस र सडक नाकाबन्दी गर्नेसम्मको आन्दोलन गर्ने संघर्ष समितिका संयोजक लामिछानेले बताउनु भयाे

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ । बिहीबार…

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

‘एउटै पार्टीका मेयर उपमेयरबीच भएको खटपटले हामीलाई पनि बुझ्नै कठिन भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेकपाको केन्द्रीय समितिमा थापा जता लाग्यो त्यतै पल्ला भारी हुने अवस्था बनेको छ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…