Nic

भेरी –बबई डाइभर्सन आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको
मंगलबार (आज) ‘ब्रेक थ्रु’ गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीले सुरुङको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा आयोजित कार्यक्रममा बटन थिचेर टनेल बोरिङ मेसिमन (टिबिएम) निकालेसँगै सुरुङको ‘ब्रेक थ्रु’ भएको हो ।

सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिनमार्फत् सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो ।

बबई नदीको किनार हात्तीखालबाट १२ किलोमिटर २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा आइपुगेको हो ।

याे पनि पढ्नुहाेस्

प्रधानमन्त्री ओलीले भेरी–बबई डाइभर्सनको ‘ब्रेक थ्रु’ गर्दै


Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– घरबाहिर व्यस्त भइनेछ । काममा जिम्मेवारी आउनेछ । वृष– भोजनको सुख मिल्नेछ । इष्टमित्रबाट सहयोग पाइनेछ । मिथुन– प्रशन्नता बढ्नेछ ।…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूको हवाई भाडामा अनियमिता भएको जनाउँदै १० जनाविरुद्ध मुद्दा…

काठमाडौं । ‘लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिको लागि खुलाइएको विज्ञापन संविधानसम्मत भएको जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले…

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने स्पष्ट पारेको छ…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

पक्राउ गर्न खोज्दा थापाले प्रतिकार गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।