दिदीभाई दोस्राे चरणमा प्रवेश

दाङ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नङ्खशल देवी तामाङ एकल महिला र रत्नजित तामाङ्ख पुरुष एकल तर्फ क्वाटरफाईनलमा प्रवेश गरेका छन् । सेनाकी नङ्खशलले सेनाकै गिता राईलाई २१–११, २१–११ को समान अन्तरले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएकी छन् । यस्तै सेनाकै प्रतिनिधित्व गरेका भाई रत्नले पुलिसका पूर्ण बहादुर थापालाई २१–११, २१–७ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन् ।

महिला एकल तर्फ सेनाका रशिला महर्जन, अनुमाया राई, रञ्जना भट्ट र लोक्तमा राईले पनि दोश्रो चरणमा स्थान बनाए । रशिलाले एपिएफकी अञ्जना राईलाई २१–१२, २१–७ ले, अनुले प्रदेश १ की अरुण तामाङ्खलाई २१–११, २१–५ ले, रञ्जनाले सुदूरपश्चिमकी निलिमा महरालाई २१–६, २१–८ ले तथा लोक्तमाले प्रदेश ३ की मनिण खड्कालाई २१–१४, २१–१० ले पन्छाए ।

एपिएफका जेशिका गुरुङ्ख, शोभा गौचन र सुनैना मुखियाले पनि दोश्रो पहिलो चरण पार गरे । जेशिकाले प्रदेश ५ की सुष्मा श्रेष्ठलाई २१–१०, २१–९, शोभाले सुदूरपश्चिमकी बिष्णा बिष्टलाई २१–१४, २१–१० तथा सुनैनाले प्रदेश १ की रोज पाण्डेलाई २१–१०, १९–२१, २१–१६ ले पाखा लगाए । यस्तै दोश्रो चरण प्रवेश गर्नेमा प्रदेश ५ की संझना शर्मा, प्रदेश १ की निता लम्साल, सिता राई, सिमा राजबंशी, प्रदेश ३ की सफी खत्री, गण्डकी प्रदेशकी पुनम गुरुङ्ख, कर्णाली प्रदेशकी अग्रीमा भण्डारी र सुदूरपश्चिमकी प्रसुना खत्री पनि दोश्रो चरण प्रवेश गर्ने खेलाडी बने ।

घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगितामा पुरुष एकल तर्फ एपिएफका दिपेश धामी, प्रदेश ३ का रमेश श्रेष्ठलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे । एपिएफका गौतम कठायत, विजित थापामगर पनि दोश्रो चरण प्रवेश गरे । गौतमले प्रदेश ५ का विश्वास नेपाललाई २१–१२, २१–१२ तथा विजितले एपिएफकै निरञ्न देवकोटालाई १५–२१, २१–१३, २१–१२ ले पराजित गरे ।

टिम ईभेन्ट्समा रत्नजितलाई पराजित गरि सनसनी मचाएका अन्तराष्ट्रिय पदकधारी सुदूरपश्चिमका प्रिन्स दाहालले एपिएफका सुमन लिम्बुलाई २१–१८, २१–७ ले पराजित गर्दै दास्रोे चरण प्रवेश गरे । यसैगरि पुरुष एकलमा सेनाका विशाल खड्का, प्रफुल महर्जन, नविन श्रेष्ठ र रुकेश महर्जन, पुलिसका बिष्णु कटुवाल, सुनिल जोशी र दीपक बोहरा, प्रदेश १ का विकाश श्रेष्ठ र सुदूरपश्चिमका देवराज शर्माले पनि पहिलो चरण पार गरे ।

एपिएफका दीपेश धामी र विजित थापामगरको जोडी पुरुष युगल तर्फ पनि दोस्रो चरण प्रवेश गर्न सफल भए । धामी र मगरको जोडीले प्रदेश ३ का विश्वास नेपाल र गणेश रायमाझीलाई २१–१८, २११९ ले पराजित गरे ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा…

श्रेष्ठले नेताहरुमा सधै ‘पोष्ट, पावर, र प्रोपटीजस्ता थ्री पी’ को गलत प्रयोग बढ्ने कम्युनिष्ट पार्टी सकिने सम्भावना हुने बताउनुभयो ।

नारायण थापा भक्तपुर । राष्ट्रपति विद्या देवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिदसहित ७० जनाको…

शिक्षामन्त्री गिरिरराजमणी पोखरेलले यतिबेला कालापानी क्षेत्रको सीमा विवादमा मुलुक होमिएको बेला अनशन बस्न नहुने आग्रह गरेको केही दिनमा केसीले अनसन…

प्रवक्ता शर्माले भारतसँगको सीमा समस्या समाधानका लागि परिणामुखि पहल गर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्नुभयो ।