Nic

नेपाली स्याटेलाइट, के छ सम्भावना र व्यवधान ? (भिडियोसहित)

काठमाडौं । नेपाल र नेपालीका लागि खुशीको कुरा हो कि, नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याटेलाइट बिहीबार अमेरिकी भूमिबाट प्रक्षेपण हुँदैछ । जापानमा पढ्दै गरेका नेपाली विद्यार्थी आभाष मास्के र हरिराम श्रेष्ठले नानो स्याटेलाइट प्रक्षेपणको तयारी गरेका छन् । स्याटेलाइट बिहीबार अमेरिकाबाट प्रक्षेपण हुने नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट)ले जनाएको छ । नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१ अमेरिकाबाट बिहीबार बिहान २ बजेर ३१ मिनेटमा भू–उपग्रहमा प्रक्षेपण हुनेछ ।

अप्रिल १७ तारिखमा अमेरिकाबाट नेपाली युवाले ‘नेपाली स्याट नाम दिइएको नानो स्याटेलाइटमा नेपालको झण्डा भएको स्टिकर टाँसेर अन्तरिक्षमा प्रक्षेपण गरिनेछ । पृथ्वीबाट ४ सय किलोमिटरको दूरीमै नेपाली स्याटेलाइट रहनेछ । यसको आयु ३ वर्ष हुनेछ ।

नानो स्याटेलाइटमार्फत नेपालले नेपालको भौगोलिक अवस्था र अरु केही नेटवर्किङबारे जानकारी लिन सक्नेछ । नेपालका लागि यो एउटा खुशीको विषय हो कि, प्रविधिमा नेपालले फड्को मार्दैछ । नास्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्रकुमार ढकालले नेपालले स्याटेलाइटमा मारेको फड्को र व्यवधानबारे थप बताउनु भएको छ ।

जनता टेलिभिजनको न्युज एनालाइसिस शो बाइलाइनको एपिसोड हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ माधवकुमार नेपालले पूर्व प्रधानमन्त्रीले पाउने गाडी सुविधा आफूले नलिएको बताउनु भएको छ ।

काठमाडौं ।  राजधानीबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रपत्रिकाले शुक्रबार फरक – फरक विषयलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् । नागरिक…

सूर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेड गाभिने भएको छ ।

मेष- काममा अलमल हुनेछ, कर्मको फल बिग्रिनेछ । वृष- यात्राको अवसर आउनेछ, मनमा शंका पर्नेछ । मिथुन- वोलीको प्रभाव पर्नेछ,…

केन्द्रीय बाल कल्याण समिति र जिल्ला बाल कल्याण समितिका कर्मचारीको समायोजन गरिएको छ।

गोरुसिङेकाे बरकुलपुरमा मंगलबार  एक व्यक्ति अपहरणमा गरे । व्यक्तिलाई अपहरण परेपछि गाउँभर हल्लाखल्ला मच्चियो ।