हावाहुरीसँगै आएको चट्याङमा ४१ जनाको मृत्यु

काठमाडौं । भारतमा हावाहुरी, बतास र चट्याङका कारण ४१ जनाको मृत्यु भएको छ । सैयौँ घाइते भएका छन् ।

गुजरात, राजस्थान, मध्यप्रदेश लगायतका क्षेत्रहरुमा आएको हावाहुरी सहित आएको वर्षा र चट्याङ परेर यी राज्यहरुमा मात्र ३४ जनाको मृत्यु भएको दैनिक भास्कर पत्रिकाको अनलाइन संस्करणले लेखेको छ ।

अरु तीन–चार दिन यस्तै हावाहुरी आउने भारतीय मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहाँका अधिकारीहरुका अनुसार बुधबार साँभसम्म यस्तै अवस्था रहने र त्यसपछि भने मौसममा सुधार आउने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले हावाहुरीबाट मृत्युहुनेहरुप्रति श्रद्धान्जली र घाइतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ । यसको अलावा प्रधानमन्त्री राहत कोषमार्फत मृतकका परिवार र घाइतेहरुको सहयोग गर्न अनुरोध गर्नुभएको छ

साथै प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई जनही २ लाख र घाइतेका परिवारहरुको लागि ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।