Nic

विवेकशीलका डेढ दर्जन नेता कार्यकर्ता पक्राउ (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री निवास अगाडिबाट प्रदर्शन गर्ने विवेकशील नेपाली दलका डेढ दर्जन नेता पक्राउ परेका छन् ।

बालुवाटारस्थित भूमाफियाले व्यक्तिको नाउँमा दर्ता गराएको सरकारी जग्गामा राष्ट्रिय झन्डा गाड्न गएका विवेकशील नेपाली दलका १७ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रधानमन्त्री र प्रधानन्यायाधीश निवास भित्रैको जग्गा भूमाफिया र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको तथ्य सार्वजनिक भएसँगै प्रदर्शन हुन थालेको छ ।

सरकारले छानबिन समिति बनाइ सरकारी जग्गा सरकारी नै रहने र सरकारी जग्गा व्यक्तिका नाममा गर्ने दोषीलाइ कारबाही गरिने बताइसकेको छ ।

निषेधित क्षेत्र तोकिएको प्रधानमन्त्री कार्यालय परिसरमा प्रदर्शन भएपछि प्रहरीले पक्राउ गरेको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।