Nic

घुस बढेपछि बैंकमार्फत् राजश्व संकलन

विद्यानन्द राम
राजविराज ।
घुसमा मुछिएर पटक–पटक कर्मचारी पक्राउ पर्न थालेपछि भुमिसुधार तथा मालपोत कार्यालय सप्तरीले बुधवारबाट बैंकमार्फत राजश्व संकलन कार्य थालेको छ । पछिल्लो समय कार्यालयमा देखिएको भ्रष्ट्राचारलाई नियन्त्रण गर्ने उद्देश्यले बैंकमार्फत राजश्व संकलन कार्य थालिएको हो ।

यसअघि राजश्व नगद नै संकलन भईरहेकोले कार्यालयमा पैसाको कारोवार हुने गरेको थियो । बैंकमार्फत राजश्व संकलन थालिएसँगै अब कर्मचारीले पैसा मागेको खण्डमा भ्रष्ट्राचार भइरहेको विषयमा तत्कालै जानकारी हुने र त्यस्ता कर्मचारीलाई सिधै कारवाही गर्ने कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयमा निजीस्तरका एक बैंकले ‘राजश्व संकलन काउण्टर’ समेत सञ्चालनमा ल्याएको छ । दुई महिना यता कार्यालयका तीन जना कर्मचारीलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– समस्यामा दिन बित्नेछ, काम अधुरो हुनेछ । वृष– धेरै खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको थालनी…

रुपन्देहीको ओम सतिया गाउँपालिका वडा नम्बर १ स्थित एसियन फर्मास्युटिकलमा सोमबार साँझ आगलागी भएको छ

सिमासिङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष महेशकुमार नेपाल कुटिएका छन्

स्वयंसेवकले जिल्लामा रहेर दुई बर्ष स्वयंसेवकको भूमिका निर्वाह गर्ने बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा संचालित सबै आइएनजिओ) बन्द गर्नुपर्ने बताउनु भएको छ ।

तिनिधिसभाका सांसदद्वय एकवाल मियाँ र प्रदीप यादवले आफूहरु झुक्किएर चीनविरोधी सम्मेलनमा पुगेको बताउनु भएको छ ।