Nic

सलमान र ऐश्वर्यको २० वर्ष पुरानो तस्बिरको रहस्य

काठमाडौं । बलिउड स्टार सलमान खान र अभिनेत्री ऐश्वर्य रायविचको प्रेम सम्बन्धको प्रसंगले अझैपनि बलिउड नगरी तातिने गर्छ । सन् १९९९ मा चलचित्र ‘हम दिल दे चुके सनम’ मा सँगै अभिनय गरेपछि एकअर्कामा नजिकिएका सलमान र एश्वर्य प्रेममा परेका थिए । त्यसयता सलमान र एश्वर्यको प्रेम सम्बन्ध सधै बलिउडको मसला बनिरह्यो ।

चलचित्रमा ‘हम दिल दे चुके सनम’ भनिएतापनि वास्तविक जीवनमा उनीहरुले एक अर्कालाई दिल सुम्पिन सकेनन् । सम्बन्ध टुटेको दशक कटिसक्दा उनीहरुको पुरानो गोप्य तस्विर सार्वजनिक भएको छ । तस्विरले सलमान र एश्वर्यको फ्यानहरुमा प्रश्न चिन्ह खडा गरिदिएको छ । कि तस्बिर कुन सन्दर्भमा खिचिएको थियो ?





भारतीय संचार माध्यम पञ्जाब केसरीको अनुमान छ, ‘यो तस्बिर सलमान र एश्वर्यको डेटिङको हो ।’

भारतीय मिडियाका अनुसार भाइरल भएको तस्विर २० वर्ष पुरानो हो । तस्बिरमा ऐश्वर्यको हातमा चिया या कफिको मग छ । सलमान र ऐश्वर्य दुवैको अनुहारमा मन्द मुस्कान भेटिन्छ । भारतीय संचार माध्यम पञ्जाब केसरीको अनुमान छ, ‘यो तस्बिर सलमान र एश्वर्यको डेटिङको हो ।’ सन् १९९९ पछि करिब २ वर्ष डेटिङ र पे्रमसम्बन्धमा रहेपछि उनीहरुको सम्बन्ध टुक्रिएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।