Nic

ट्रयाक्टरबाट खसेर युवकको मृत्यु

सर्लाही । दक्षिणी क्षेत्रमा पर्ने हरिपुर्वामा बुधवार दिउँसो ट्रयाक्टरबाट खसेर एक युवकको ज्यान गएको छ ।

हरिपूर्वा नगरपालिका–९, मा ट्याक्टरबाट खसेर स्थानीय रामबाबु रायका १८ वर्षीय छोरा सिकिन्द्र रायको मृत्यु भएको हो । ज १ त ८६४८ नम्वरको ट्रयाक्टरबाट खसेर गम्भीर घाईते भएका रायलाई उपचारका लागि जनकपुरतर्फ लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक युवक सोही ट्रयाक्टरमा काम गर्ने मजदुर हुन् ।

दुर्घटनापछि ट्रयाक्टर प्रहरी नियन्त्रणमा लिएको छ, भने फरार चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

राष्ट्रपती विद्यादेवी भण्डारीले २५६३ औ बौद्ध जयन्ती तथा ‘लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ गर्नुभएको छ ।

अध्यक्ष लामाले १९५५ मा पहिलो पटक मानिसले सगरमाथा टेकेको स्मरण गर्दै सोही बेलादेखि सगरमाथा प्रदुषित हुन थालेको बताउनुभएको छ ।

प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी जानुभएकाे छ भने,  राष्ट्रपतिको आज लुम्बिनी जाँदै हुनुहुन्छ । 

वलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश राष्ट्रिय एकताका लागि मार्गदर्शन हुने बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी भन्नासाथ पुरुष त्यसमा पनि अलि कडा स्वभाव र जुङा भएको पुरुष मात्रै हुन्छन् भन्ने सोचाई अधिकांश मानिसमा…