हक्कीः आर्मीलाई हक्की उपाधि
काठमाडौ । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हक्कीमा नेपाल आर्मी बुधबार च्याम्पियन बनेको छ ।नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको फाइनलमा आर्मीले हक्कीमा पहिलो पटक टिम सहभागी गराएको प्रहरीलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित ग¥यो ।
प्रदेश ५ ले प्रदेश ७ लाई ३–० गोलले हराउदै तेश्रो भयो । मनीष गुरुङ, शशि दर्लामी र रविकान्त कुमारले गोल गरे । प्रतियोगितामा ९ टिम सहभागी थिए ।
महिलामा प्रदेश ७ र गण्डकी प्रदेशबीच उपाधि भिडन्त हुने भएको छ । प्रदेश ७ ले प्रदेश २ लाई ५–१ गोलले पाखा लगायो । विजेताका लागि अन्जु गुरुङ र अनिता श्रेष्ठले २–२ तथा दमरा भट्टले १ गोल गरे ।
अर्को सेमिफाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले हरायो । देविका विकले निर्णायक गोल गरिन् । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।
बास्केटबलः आर्मी र प्रहरीलाई उपाधि
आठौंअन्तर्गत राष्ट्रिय बास्केटबलको पुरुषमा आर्मी र महिलामा प्रहरी च्याम्पियन बनेका छन् । दुवै फाइनलमा प्रदेश ३ चुक्यो । दाङको घोराहीमा भएको प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले प्रदेश ३ लाई ७६–५८ ले पराजित ग¥यो ।
महिलाको उपाधि भिडन्तमा प्रहरीले प्रदेश ३ लाई ४५–२९ ले पाखा लगायो । प्रहरीकी अनुषा मल्लले १३ स्कोर गरिन् । आर्मीले तेश्रो स्थानमा चित्त बुझायो । आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५१–३९ ले पन्छायो । विजयी टिमका लागि ग्रीष्मा सिलवालले ११ अंक जोडिन् ।
गल्फः टंक र प्रतिभालाई स्वर्ण
आठौंअन्तर्गत राष्ट्रिय गोल्फमा टंकबहादुर कार्की र प्रतिभा राईले स्वर्ण जितेका छन् । व्यक्तिगत स्पर्धाको पुरुषमा टंक र महिलामा प्रतिभा पहिलो भएका हुन् ।
गोकर्ण गोल्फ क्लबमा भएको प्रतियोगिताको पुरुषमा शुक्रबहादुर राई दोश्रो तथा निरज तामाङ तेश्रो भए । महिलामा कश्मिरा शाहले रजत तथा तारा कार्कीले कांस्य जिते ।
तीनदिने प्रतियोगितामा ६ महिलासहित ३४ खेलाडी सहभागी थिए । तीन स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
कबड्डीः आर्मीलाई दोहोरो उपाधि
आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुष/महिला दुवैको उपाधि आर्मीले जितेको छ । सातौं राष्ट्रिय खेलकुदमा पनि पुरुष/महिला दुवैमा च्याम्पियन आर्मी नै बनेको थियो ।
बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको पुरुष फाइनलमा आर्मीले प्रदेश ५ लाई ४२–२१ ले पराजित ग¥यो । महिला फाइनलमा आर्मीले अर्को विभागीय टोली प्रहरीलाई ३६–२१ ले हरायो । चैत ३० गतेदेखि शुरु प्रतियोगिताको पुरुष/महिला दुवैमा समान १०–१० टिम सहभागी थिए ।
बुद्धिचालः पुरुषोत्तम पहिलो
आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको खुलामा प्रहरीका पुरुषोत्तम चौलागाईं पहिलो भएका छन् । प्रहरीका मनीष हमाल दोश्रो तथा आर्मीका सचिन महर्जन तेश्रो भए । नौ चरणको खेलमा तीनै खेलाडीले समान ७–७ अंक जोडेपनि हेड टु हेडका आधारमा शीर्ष तीन स्थान छुट्टाइएको हो ।
बर्दियाको ठाकुरद्वारामा भएको प्रतियोगिताको महिलामा आर्मीकी सिन्दिरा जोशी दोश्रो तथा प्रदेश १ की कृपा अधिकारी तेश्रो भए । नवौं चरणको खेलमा सिन्दिराले ७ तथा कृपाले ६.५ अंक जोडे । आर्मीकी सुजना लोहनीले यसअघि मंगलबार नै एक खेल अगावै स्वर्ण पक्का गरिसकेकी थिइन् । बुधबार नवौं चरणमा पनि जित हात पार्दै सुजनाले शत प्रतिशत जित निकालिन् । ९ अंक जोड्ने क्रममा सुजनाले अन्तिम खेलमा गण्डकीकी पूजा भण्डारीलाई पन्छाइन् । चैत २९ देखि सुरु प्रतियोगितामा ५२ पुरुष र २६ महिला खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
फुल कन्ट्याक्ट करातेः रुपक र मन्जु पहिलो
आठौंअन्तर्गत राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा प्रदेश ४ का रुपक नेपाली र आर्मीकी मञ्जु विकले स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा रुपक र महिलामा मञ्जु च्याम्पियन बनेका हुन् ।
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको फाइनलमा रुपकले प्रदेश १ का विनोद निरौलाबाट वाक ओभर पाए । मन्जुले फाइनलमा प्रदेश १ की सुजाता राईलाई हराइन् ।
पुरुष ६५ केजीमा प्रदेश ४ का गोविन्द रोकाले प्रदेश ५ का प्रकाश खड्का, ६० केजीमा प्रदेश ३ का सन्तोषकुमार लामाले प्रदेश २ का विश्व लामा, ५५ केजीमा आर्मीका चोपबहादुर बुढाथोकीले प्रदेश ४ का जीवन गुरुङ, ५० केजीमा प्रदेश ५ का रोमन सिन्जालीले एपीएफका सञ्जय राई र ४५ केजीमा आर्मीका धर्मेन्द्र रामले प्रदेश २ का विशाल कुश्वारलाई फाइनलमा पाखा लगाउदै स्वर्ण जिते ।
महिला ५५ केजीमा आर्मीकी अनुपमा नेपालीले प्रदेश ४ की प्रिज्मा कुँवर, ५० केजीमा प्रदेश ४ की युनिका शेरचनले आर्मीकी शान्ति थापा मगर र एपीएफकी दीपा शाहीले प्रदेश ४ की सर्गम कुमाललाई पन्छ्याउदै पहिलो स्थान हात पारे ।
महिला क्रिकेटः प्रदेश १ र २ को विजयी शुरुवात
आठौं राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा भन्ने मुल नाराका साथ दाङको लमहीमा संचालित महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ र प्रदेश नम्बर २ ले विजयी शुरुवात गरेका छन् ।
यसैगरी बुधबार सम्पन्न दोस्रो खेलमा २ नम्बर प्रदेश ६२ रनले बिजय भएको छ । लमही क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६२ रनले हराउदै प्रदेश नम्बर २ बिजयी भएको हो ।
पुरुष क्रिकेटः
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबारबाट भैरहवामा शुरु भएको पुरुष क्रिकेट प्रतियोगिता(टि–२०)मा विभागीय टिमहरु नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएका छन् । पुलिसले प्रदेश नम्बर ५ लाई ६३ रनले र एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्यो ।
पुरुष फुटबलः ५ नम्बर र एपीएफ विजयी
बाँकेको खजुरास्थित डीगाउँमा भएको पुरुष फुटबलमा ५ नम्बर प्रदेश र एपीएफ विजयी भएका छन् । पहिलो खेलमा ५ नम्बर प्रदेशले गण्डकी प्रदेशलाई २–१ गोलले पराजित ग¥यो । एपीएफले १ नम्बर प्रदेशलाई ६–३ गोलले पराजित गरेको हो ।