जनकपुरमा १० हजार बिघा जग्गा अतिक्रमण

काठमाडौं । प्राचीन मिथिलाको राजधानी जनकपुर क्षेत्रका १० हजार बिघा गुठी जग्गा अतिक्रमणमा परेको छ। अतिक्रमित ९६ बिघा १८ कठ्ठा जग्गामा साढे पाँच सय घर बनेका छन्। अन्य जग्गा व्यक्तिले प्रयोग गरिरहेका छन्। गुठी जग्गा २०३६ सालपछिका हरेक राजनीतिक परिवर्तनपछि अतिक्रमणमा पर्दै आएको छ। अतिक्रमण गर्नेमाथि कसैलाई कारबाही भएको छैन।

जनकपुरको जग्गा अतिक्रमणका सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा गठित समितिले प्रतिवेदन तयार गरेको छ। प्रतिवेदनमा जनकपुरका २५ गुठीको ९ हजार ८४३ बिघा १२ कठ्ठा जग्गा अतिक्रमणमा परेको उल्लेख छ।

एक हजार बिघा जग्गा रहेको ठूलो गुठी लक्ष्मीनारायण ९मटिहानी० मठ अतिक्रमणमा परेको छ। उक्त मठमा ९ वटा मौजा थिए। ९ मौजामा बिन्धी, सपही, उमा, प्रेमपुर, तलसी, याही, जब्दी फूलभागा, बसहिया, नगराइन, कजरा रमौल र इटहर्वामा गुठी जग्गा रहेको तथ्यांक छ। बसहिया र फूलगाभाको जग्गा राजनीतिक परिवर्तनका बेला सबैभन्दा बढी अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ। समाचार अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । अनुहार गोरो पार्न घस्ने गरिएको ‘फेयर एण्ड लब्ली’मा हानिकारक वस्तु भेटिएको छ । फेयर एण्ड लब्ली’मा हानिकारक रसायन…

सप्तरी । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरी ले शहीद चोकबाट १९…

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसद भीम रावलले कालापानी क्षेत्रमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयमा सरकारको ध्यानाकषर्ण…

काठमाडौं । सरकारले नेपाल ट्रस्टको जग्गा जमिन र चल–अचल सम्पत्तिको बारेमा श्वेतपत्र जारी गर्ने भएको छ । यती होल्डिङ्सलाई सस्तोमा…

अनिल तिवारी बारा  । मुलुकमा भूमाफियाले सरकारी जग्गा हडपेको चर्चा पछिल्लो समय चुलिएको छ । ललिता निवासदेखि यती होल्डिङले हडपेका…