कसले गर्यो दुई गाडीमा आगजनी?

फाइल तस्बिर

पुष्पराज अधिकारी
हेटौँडा । मकवानपुरमा दुई स्थानमा गाडीमा आगजनी भएकाे छ । थाहा नगरपालिका र भिमफेदी गाउँपालिकामा बिहिबार बिहानै अज्ञात समूहले गाडीमा आगजनी गरेकाे हो ।

जिल्लाकाे उत्तरी क्षेत्र पालुङबाट हेटौँडा तर्फ आउँदै गरेको ना २ च ९०९४ नम्बरको गाडी र भिमफेदी गाउँपालिका– ९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।

गाडीमा आगजनी गर्ने समूह भने पहिचाहन भइसकेको छैन । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगजनी विप्लब समूहले गरेकाे हुन सक्ने प्रहरीकाे अनुमान छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।