भारतमा लोकसभाको दोस्रो चरण निर्वाचन

मतदाता उत्साहित भएर भोट खसाल्दै

काठमाडौं । भारतमा लोकसभाको लागि बिहिबार दोस्रो चरणको मतदान भइरहेको छ । १२ राज्यमा ९५ सिटका लागि हुने निर्वाचनमा मतदान भइरहेको हो ।

निर्वाचनमा मत खसाल्न सबै मतदातालाई परिचय पत्र जारी गरिएको निर्वाचन आयोगले जनाएको छ । बिना परिचयपत्र मत खसाल्न पाइँदैन । तर परिचयपत्र साथमा राख्न छुटाएकाहरुले अनलाइनबाट परिचयपत्र प्रिन्ट झिकेर रुजु गराई मत खसाल्न पाउने व्यवस्था मिलाइएको छ ।

भारतको ठूलो राज्य उत्तर प्रदेशमा ८ सिट, बिहारमा ५, असम ५, छत्तिसगढ ३, जम्बु कश्मिर २, कर्नाटक १४, महाराष्ट्र १०, ओडिशा ५, मणिपुर १ , तमिलनाडु ३८, पश्चिम बंगाल ३ र पुडुचेरी १ सिटको लागि निर्वाचन भइरहेको छ ।

त्रिपुरा राज्यमा एक सिटका लागि बिहिबारकै लागि निर्वाचनको मिति तोकिएको थियो तर सुरक्षा व्यवस्थाका कारण त्यहाँ मतदान रद्द गरिएको छ । । मतदान बिहान ७ बजेदेखि जारी छ । मतदान केन्द्रमा बिहानैदैखि मत खसाल्नेहरुको भीड छ ।

निर्वाचन आयोगले चुनाव निर्विघ्न र शान्तिपूर्ण गराउन पुख्ता सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । भारतको लोकसभा चुनावका लागि ७ चरणमा मतदान हुने तोकिएको छ । गत बिहिबार १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा ९१ सिटको लागि मतदान भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।