Nic

क्यापस प्रमुख डंगोललाई विद्यार्थीले मोसो दले

नुवाकोट । बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखलाई विद्यार्थीले मोसो दलेका छन् ।

क्याम्पस प्रमुख नारायणमान डंगोललाई अखिल र अखिल क्रान्तिकारीका विद्यार्थी मोसो दलेका हुन् ।

विद्यार्थीले स्ववियु चुनाव नगराएको र आर्थिक चलखेल गरेको आरोप लगाउँदै ४०–५० जना विद्यार्थीको समुहले क्याम्पस प्रमुख डंगोलकै कार्यकक्षमै गएर मोसो दलेका हुन् ।

अहिले क्याम्पसमा प्रहरी पुगेको छ भने क्याम्पस प्रमुख डंगोललााई प्रहरीले सुरक्षा दिएका छन् । विद्यार्थीहरु भने स्ववियु चुनाव तत्काल गराउन र क्याम्पस प्रमुखको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

पुष्पकमल दाहाल र बाबुराम भट्टराईको मुखपत्र जनादेश साप्ताहिक दाहाल प्रधानमन्त्री भएपछि के भयो ?

सरकारले राजश्व चुहावटलाई प्रदेश र स्थानीय तहले पनि कारवाही गर्न सक्ने व्यवस्थासहितको विधेयक ल्याएको छ ।

प्रतिनिधिसभा सोमबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट महालेखा परीक्षकको ५६औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

काठमाडौंमा नेकपाले अध्यक्षसहित २ सय २५ सदस्यीय कमिटी बनाएको छ ।

मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा’, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कँवरले रुँदै भन्नुभयो ।

३२ जिल्लामा २ वर्षभित्र अप्टिकल सञ्जाल विस्तार गरेर डिजिटल नेपालको आधार बन्ने अपेक्षा गरिएको छ ।