Nic

उत्तर कोरियाद्वारा नयाँ अस्त्र परीक्षण


काठमाडौं । उत्तर कोरियाले दूर निन्यत्रण प्रणालीजडित एक नयाँ अस्त्रको परीक्षण गरेको जनाएको छ ।

उत्तर कोरियाली सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले परीक्षण गरिएको नयाँ हतियार ट्याक्टिकल गाइडेड वेपनमा शक्तिशाली ‘युद्धशिर्ष’ जडान भएको जनाएको छ ।

नेता उन आफै उपस्थित भएर अस्त्र परीक्षणको अवलोकन गरेको एजेन्सीले उल्लेख गरेको छ । नेता उनले जनसेनाको शक्ति बढाउन नयाँ अस्त्रको सफल परीक्षण महत्वपूर्ण उपलब्धि भएको बताए ।

उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत फेब्रअरीमा भएको शिखर वार्ता असफल भएपछि उत्तर कोरियाले नयाँ अस्त्र परीक्षण गरेको हो ।

अस्त्र परीक्षणलाई विश्लेषकले अमेरिकामाथि दबावको कदम भनेका छन् । गत साता मात्रै नेता उनले अमेरिका ठिक नियत लिएर आए थप वार्ता हुने बताएका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– समस्यामा दिन बित्नेछ, काम अधुरो हुनेछ । वृष– धेरै खर्च हुनेछ , यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

मेष – राजनीतिको लाभ मिल्नेछ । काममा प्रशंसा पाइनेछ । राजनीतिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । साताको मध्यमा राम्रो आम्दानी…

राष्ट्रपती विद्यादेवी भण्डारीले २५६३ औ बौद्ध जयन्ती तथा ‘लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ गर्नुभएको छ ।

अध्यक्ष लामाले १९५५ मा पहिलो पटक मानिसले सगरमाथा टेकेको स्मरण गर्दै सोही बेलादेखि सगरमाथा प्रदुषित हुन थालेको बताउनुभएको छ ।

प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी जानुभएकाे छ भने,  राष्ट्रपतिको आज लुम्बिनी जाँदै हुनुहुन्छ । 

वलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।