Nic

‘नेपाल अन्तरिक्ष युगमा प्रवेश’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मुलुकको श्रीबृद्धिका लागि कटिबद्ध वैज्ञानिकहरुको समुहलाई धन्यवाद दिनुभएको छ ।

उहाँले आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि सफल परीक्षणको शुभकामना समेत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीट गर्दै स्याटलाइट निर्माणले नेपालको प्रतिष्ठा बढेको बताउनुभएको छ । सानै आकारको भए पनि नेपाली भूउपग्रह अन्तरिक्षमा पठाइएपछि विश्वभर छरिएका नेपालीले खुशी व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्ना धारणा राखिरहेका छन् ।

बिहीबार बिहान साढे २ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भूउपग्रह ‘नेपालीस्याट–१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । यसको तौल झण्डै एक किलोग्राम छ । नेपाली भूउपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ । नेपाली भूउपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केलगायत संलग्न हुनुहुन्थ्यो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।