भारतले ‘टिकटक’ हटायो


काठमाडौं । विश्व विख्यात कम्पनी एपल र गुगलले ‘एप स्टोर’बाट भिडियो बनाउने र देखाउने ‘एप’ ‘टिकटक’ हटाएका छन् । मद्रास उच्च अदालतले दिएको आदेश पालना गर्दै ती दुई कम्पनीले ‘टिकटक एप’ हटाएका हुन् ।

अश्लिल सामग्री फैलाएको र कम उमेरका प्रयोगकर्ता यौन दुव्र्यवहारको शिकार भएको भन्दै मद्रास उच्च अदालतले भिडियो बनाउने र देखाउने ‘टिकटक’ एपमाथि प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको हो ।

‘टिकटक’ बनाउने चिनियाँ कम्पनी ‘बाइटडान्स’ले त्यो निर्णयमा पुनविचार गर्न दिएको निवेदन मद्रास उच्च अदालतले अस्वीकार गरेको थियो । भारतमा मात्र टिकटाकका १२ करोड प्रयोगकर्ता थिए । टिकटक किशोरकिशोरीहरुले धेरै चलाउने र टिकटक प्रयोग गरेर गीत संगीतमा हाउभाउ र अभिनय प्रदर्शन गर्ने गरिन्थ्यो । अश्लिल र आपत्तिजनक सामग्री पोष्ट हुने टिकटकको व्यापक आलोचना भइरहेको छ ।

बंगलादेशमा पनि टिकटक प्रतिबन्धित छ । बालबालिकाबारे अनाधिकृत रुपमा सूचना संग्रह गरेको अभियोगमा टिकटक कम्पनीलाई अमेरिकामा पनि जरिवाना तिराइएको छ । मद्रास उच्च अदालतमा अप्रिल २२ मा टिकटाक बारे पुनः सुनुवाई हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । अनुहार गोरो पार्न घस्ने गरिएको ‘फेयर एण्ड लब्ली’मा हानिकारक वस्तु भेटिएको छ । फेयर एण्ड लब्ली’मा हानिकारक रसायन…

सप्तरी । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरी ले शहीद चोकबाट १९…

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसद भीम रावलले कालापानी क्षेत्रमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयमा सरकारको ध्यानाकषर्ण…

काठमाडौं । सरकारले नेपाल ट्रस्टको जग्गा जमिन र चल–अचल सम्पत्तिको बारेमा श्वेतपत्र जारी गर्ने भएको छ । यती होल्डिङ्सलाई सस्तोमा…

अनिल तिवारी बारा  । मुलुकमा भूमाफियाले सरकारी जग्गा हडपेको चर्चा पछिल्लो समय चुलिएको छ । ललिता निवासदेखि यती होल्डिङले हडपेका…